सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बुटवल उपमहानगरपालिकामा क्षतिको विवरण सङ्कलन गर्न समिति गठन


  •    न्युजभित्तो/२९ भाद्र २०८२, आईतवार १२:५५ 
  • बुटवल, २९ भदौ । जेनजी आन्दोलनको क्रममा बुटवल उपमहानगरपालिकामा भएको भौतिक क्षति विवरण यकिन गर्नका लागि दुई वटा समितिहरू गठन गरिएको छ।

    बुटवल उपमहानगरपालिका प्रशासन महाशाखा प्रमुख हरि अर्यालको संयोजकत्वमा उपमहानगरपालिका तथा वार्डहरू भएको जिन्सी सामानहरू विवरण सङ्कलन गर्ने समिति गठन गरिएको हो । त्यस्तै, बुटवल उपमहानगरपालिका वरिष्ठ इन्जिनियर गौतम रौनियारको नेतृत्वमा क्षतिको मूल्याङ्कन यकिन गर्ने प्राविधिक समिति गठन गरिएको छ ।

    उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले दुई वटा समिति गठन गरेर क्षतिको अवस्था र विवरण तयार गर्ने जिम्मा दिइएको रातोपाटीलाई बताए । उनले ती दुवै समिति काम सुरु गरिसकेको र छिटै प्रमुख प्रशासकीय अधिकृत समक्ष प्रतिवेदन बुझाउने बताए ।

    बुटवल उपमहानगरपालिकामा आन्दोलनकारीले आगजनी गरेपछि सेवा अवरुद्ध भएको छ । उनले कार्यालय खुल्न अझै केही दिन लाग्न सक्ने बताए। प्रवक्ता रानाले आज नगरपालिकाका पदाधिकारीहरू जुटेर प्रमुख जिल्ला अधिकारीसँग कसरी कार्यालय सञ्चालन गर्ने बारे थप छलफल गर्ने जानकारी दिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.