सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संविधानसम्मत र लोकतान्त्रिक विधिबाट राजनीतिक निकास दिनुपर्नेः महासचिव पोखरेल


  •    न्युजभित्तो/२६ भाद्र २०८२, बिहीबार १६:२६ 
  • काठमाडौँ, २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधानसम्मत र लोकतान्त्रिक विधिबाट अबको राजनीतिक निकास खोजिनुपर्नेमा जोड दिएको छ । 
    प्रधानमन्त्रीले राजीनामा दिनुभएपछि मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे आज पार्टीको केन्द्रीय सचिवालयका तर्फबाट वक्तव्य जारी गर्दै एमाले महासचिव शङ्कर पोखरेलले संविधान र लोकतान्त्रिक विधिबमोजिम देशलाई राजनीतिक निकास दिनुपर्ने बताउनुभएको हो ।  
      
    उहाँले संविधानका मर्मअनुरुप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको छ । “यस्तो विषय परिस्थितिमा सङ्घीय संसद्, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरुले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेलून् भन्ने हाम्रो आग्रह छ,” महासचिव पोखरेलले भन्नुभयो, “स्थानीय निकायहरुले निर्बाध रुपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गरिनुपर्छ । संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरुलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गर्दछौँ ।”
    विद्यमान विषम परिस्थितिका बीच अझै पनि मुलुकका विभिन्न भागमा लुटपाट, आगजनी र तोडफोडका घटना भइरहेकामा चिन्ता व्यक्त गर्दै महासचिव पोखरेलले आपराधिक क्रियाकलाप नियन्त्रण गर्न, नागरिकको जीउधनको सुुरक्षा सुनिश्चित गर्न र सार्वजनिक एवं निजी सम्पत्तिको संरक्षण गर्न नेपाली सेनालगायत सबै सुरक्षा निकायको ध्यानाकर्षण गर्नुभएको छ । 
    एमाले महासचिव पोखरेलले यही भदौ २३ गतेको दुःखदायी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने माग राख्नुभयो । यसैगरी, उहाँले भदौ २४ गते देशव्यापी रुपमा आगजनी, तोडफोड, लुटपाटजस्ता आपराधिक गतिविधिको निन्दा गर्दै त्यस्ता अराजक गतिविधि हुन नदिन तथा  देश र जनताका पक्षमा एकताबद्ध भइ डटेर मुकाबिला गर्न पार्टी पङ्क्तिसमक्ष अनुरोध गर्नुभएको छ । 
    एमाले महासचिव पोखरेलले ध्वस्त भएका सार्वजनिक कार्यालय र स्थलहरुको सरसफाइ गर्न, सामाजिक सद्भाव कायम राख्न र जनतालाई परेका पीरमर्कामा सम्भव भएसम्म सहयोग गर्र्न सम्बद्ध सबैसँग अपिल गर्नुभयो । रासस    

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.