सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकार बनाउने पहल राष्ट्रपतिबाटै हुनुपर्छ : नेपाल पत्रकार महासङ्घ


  •    न्युजभित्तो/२६ भाद्र २०८२, बिहीबार १४:५६ 
  • काठमाडौँ, २६ भदौ । नेपाल पत्रकार महासङ्घले जेनजी पुस्ताका मागहरूमाथि गम्भीर विमर्श गर्दै त्यसलाई सम्बोधन गर्नु जरुरी रहेको ठहर गरेको छ । महासङ्घका अध्यक्ष निर्मला शर्माले बिहीबार एक अपिल सार्वजनिक गर्दै देशमा व्याप्त भ्रष्टाचार र बेथितिका विरुद्ध उठेको युवाहरूको आवाजलाई दबाउन गरिएको सरकारी दमनलाई निन्दनीय भनिएको छ ।

    आन्दोलनका नाममा सरकारी, सार्वजनिक, निजी र भौतिक संरचनाको क्षतिप्रति महासङ्घ दुःख व्यक्त गर्दै यस्तो क्षतिको असर मुलुकले दीर्घकालसम्म व्यहोर्नु पर्ने महासङ्घले चिन्ता प्रकट गरेको छ ।

    महासङ्घले तत्काल अहिलेको सङ्क्रमणकालीन अवस्थाको अन्त्यका लागि शान्तिपूर्ण समाधानका लागि राष्ट्रपतिले संवैधानिक र राजनीतिक रूपमा निकास निकाल्न पहल गर्नुपर्ने जनाएको छ । ‘मूलत वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरू मार्फत नै समाधान खोज्दै मुलुकलाई सहज निकास दिनुपर्दछ भन्ने महासङ्घको ठहर छ’, अपिलमा भनिएको छ ।

    साथै महासङ्घले नयाँ सरकार गठनको पहल राष्ट्रपतिबाट पहल हुनुपर्ने जनाएको छ । ‘यसका लागि राष्ट्रपतिले वार्ताका लागि बोलाइसकेको अवस्थामा जतिसक्दो छिटो सहजीकरण सुरक्षाको हिसाबले मात्र सुरक्षा निकायले गर्ने हो अन्य सरकार बनाउने लगायतको पहल राष्ट्रपतिबाटै हुनुपर्छ र यसको लागि सहजीकरण गर्न पत्रकार महासङ्घ लगायतका ६ वटा पेसागत सञ्जाल पापड तयार रहेको जानकारी गराउँदछौ’, महासङ्घले भनेको छ ।

    पछिल्लो समय शान्ति सुरक्षा कायम गर्न सेनाले खेलेको भूमिकालाई महासङ्घले सराहनीय भनेको छ । ‘सबै राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ ,जङ्गी अड्डाबाट होइन भन्ने महासङ्घको ठहर रहेको छ । तर पछिल्लो समय शान्ति सुरक्षा कायम गर्न सेनाले खेलेको भूमिका सराहनीय छ’, अपिलमा भनिएको छ ।

    1

    2

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.