सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक छः उपाध्यक्ष पौडेल


  •    न्युजभित्तो/२२ भाद्र २०८२, आईतवार १६:३२ 
  • ललितपुर, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको सङ्गठनलाई गतिशील, प्रभावकारी र चलायमान बनाउन भूगोलभन्दा बाहिर इलाका र सम्पर्क कमिटी आवश्यक रहेको बताउनुभएको छ ।
    ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आज विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफलबाट आएको प्रश्नको जवाफ दिँदै उपाध्यक्ष पौडेलले केन्द्रीय कमिटीको अनुमतिमा राजधानी बाहिरका सहरी क्षेत्रमा पनि सम्पर्क समिति बनाउनुपर्नेमा जोड दिनुभयो । 
    उपाध्यक्ष पौडेलले महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटी १५ जना पदाधिकारीसहित २५१ हुने र सबै तहको कमिटीमा निर्वाचित हुन ७० वर्षको उमेर हदलाई हटाइएको उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो । त्यस्तै, पार्टी सदस्यतामा पनि पार्टी सदस्य र सङ्गठित सदस्य गरी दुई खालको हुनुपर्ने उहाँको भनाइ थियो । प्रदेश अधिवेशन चार–चार वर्षमा, केन्द्रीय महाधिवेशन पाँच वर्ष हुने उपाध्यक्ष पौडेलले जवाफका क्रममा बताउनुभएको छ । 
    “सही र सूचित नीति, भरोसायोग्य नेतृत्वलाई आधार बनाएर अगाडि बढौँ, एकताबद्ध भएर एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानका साथ अगाडि बढौँ, एउटै व्यक्ति पार्टी र जनसङ्गठनको सदस्य हुन पाउँछ, तर एउटा व्यक्ति एउटामात्रै जनसङ्गठनमा बस्न पाउँछ”, उहाँले भन्नुभयो ।
    उपाध्यक्ष पौडेलले हरेक प्रदेशबाट एक जना केन्द्रीय प्रतिनिधि राख्ने कुरा राम्रो भए पनि विधानमा नै उल्लेख गर्न आवश्यक नरहेको बताउनुभयो । समूहगत छलफलबाट प्रदेश र स्थानीय तहमासमेत नीति अनुन्धान प्रतिष्ठान बनाउन गरिएको प्रस्तावमाथि जवाफ दिनुहुँदै उपाध्यक्ष पौडेलले पार्टीको नीति तय गर्ने एउटामात्रै नीति अनुन्धान प्रतिष्ठान केन्द्रीय तहमा हुने र स्थानीय कमिटीले सुझाव दिन सक्ने बताउनुभयो । 
    उहाँले सहकारीलाई पार्टीको संरचनामा समेट्नु उपयुक्त नहुने धारणा राख्नुभयो । उहाँले प्रदेश र स्थानीय कमिटीमा १५ प्रतिशत र आयोगका कमिटीमा १० प्रतिशत मनोनयनको व्यवस्था उचित समेत उल्लेख गर्नुभयो । स्थानीय, प्रदेश र केन्द्रीय तहबाट हुने मूल्याङ्कनलाई व्यवस्थित र वैज्ञानिक बनाउन जरुरी रहेको चर्चा गर्दै उहाँले नेता तथा कार्यकर्तालाई उत्पादनसंग जोड्नुपर्नेमा जोड दिनुभयो । 
    “पार्टी अभ्यासमा भएको कमजोरीले कारबाहीमा समस्या भएको छ, अन्तरघातका सम्बन्धमा थाहा पाउनेबित्तिकै विधानको व्यवस्थाको कार्यान्वयन गरेर कारबाही गर्नुपर्छ, उत्पादन, विकास निर्माण, समृद्धि र जनताका सरोकारसँग जोडिएका कार्यकर्ता निर्माणका लागि ध्यान दिऔँ”, उहाँले भन्नुभयो । उहाँले प्रदेश र स्थानीय कमिटीमा पूर्वअध्यक्ष वा निवर्तमान अध्यक्षलाई दोस्रो वरियता दिनु घातक हुन्छ र यसले समस्या सृजना गर्ने बताउनुभयो । 
    उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नामबाट सृजना भएको पुँजीलाई जोगाएर मिसन–८४ मा निर्णायक शक्तिका रुपमा बदल्न आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । महाधिवेशनमा अब पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा आएका सुझावलाई समेटेर आफ्नो प्रस्तुतीकरण गर्नुहुनेछ । शुक्रबारदेखि सुरू भएको  महाधिवेशन आज सम्पन्न हुने कार्यतालिका छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.