सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सङ्खुवासभाका विद्यालयको पूर्वाधार विकासमा सघाउन मन्त्री खड्काको आग्रह


  •    न्युजभित्तो/२२ भाद्र २०८२, आईतवार १५:०१ 
  • काठमाडौँ, २२ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइशमन्त्री दीपक खड्काले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई आज उहाँकै कार्यकक्षमा भेटेर सङ्खुवासभाका विद्यालयको पूर्वाधार विकासमा सघाउन आग्रह गर्नुभएको छ । 
    सङ्खुवासभाका सामुदायिक विद्यालयलाई भौतिक रूपमा सुविधासम्पन्न बनाउन आफू क्रियाशील रहेको जनाउँदै उहाँले मन्त्री पन्तसँग खाँदबारीस्थित लक्ष्मी आधारभूत विद्यालय, चैनपुरको शारदा तथा सरस्वती माध्यामिक विद्यालय, आँखिभूइँस्थित  अमरुवा तुम्लिङटारको मनकामना रत्नअम्बिका माध्यामिक विद्यालयलगायत शैक्षिक प्रष्ठिानको स्तरोन्नतिका निम्ति सहयोग गर्न आग्रह गर्नुभएको हो । 
    मन्त्री पन्तले उहाँको अनुरोधलाई सकारात्मक रूपमा लिँदै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.