सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मानव बेचबिखन नियन्त्रण गर्न सङ्गठित रुपमा लाग्न जरुरी छः उपप्रधानमन्त्री सिंह


  •    न्युजभित्तो/२० भाद्र २०८२, शुक्रबार १३:४५ 
  • काठमाडौँ, २० भदौक । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सङ्गठित रूपमा लाग्न सबैलाई आह्वान गर्नुभएको छ । 
    मानव बेचबिखनविरुद्ध १९औँ राष्ट्रिय दिवसका अवसरमा दिवस मूल समारोह समितिले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले स्थानीय तहका हरेक वडा र टोलटोलबाट राजनीतिक दलका जिम्मेवार नेता तथा कार्यकर्तासहित सबै सङ्गठित भएर यसविरुद्ध लाग्न आह्वान गर्नुभएको हो । 
    उपप्रधानमन्त्री सिंहले भन्नुभयो,“मानव बेचबिखन तथा ओसारपसार विश्वव्यापी सञ्जालका रूपमा फैलिएको अपराधजन्य कार्य हो । नेपालको विद्यमान संविधानले कसैलाई पनि बेचबिखन गर्न र दास बनाउन पाइने छैन भनी मानव बेचबिखनविरुद्धको कार्यलाई मौलिक हकका रुपमा स्थापित गरेको छ । मानव बेचबिखन कार्यलाई नियन्त्रण गरी पीडित र प्रभावितको अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो ।”
    उहाँले अन्तरराष्ट्रिय श्रम सङ्गठन र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनको अनुमानअनुसार विश्वमा पाँच करोड मानिस आधुनिक दासताको जीवन बिताइरहेको उल्लेख गर्दै गरिबी, विपन्नता र मुलुकभित्र हुने आन्तरिक द्वन्द्व, जलवायु परिवर्तन, शिक्षा र रोजगारीका अवसरमा गिरावट आदि कारण यसले प्रश्रय पाइरहेको बताउनुभयो । “मानव बेचबिखन तथा ओसारपसार एक जघन्य अपराध हो । यो सामाजिक रुपमा निन्दनीय, कानुन रूपमा दण्डनीय हुनुका साथै समाजको कलङ्कका रूपमा रहेको छ । यस्ता प्रकृतिका जघन्य अपराधको रोकथाम र नियन्त्रण गर्नु हामी सबैको कर्तव्य पनि हो”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।  
    उहाँले मानव बेचबिखन तथा ओसारपसारका घटना हुन नदिन नेपाल सरकार गग्भीर रूपमा लागिरहेको र  यसमा सरकारी तथा गैरसरकारी निकाय र सम्बन्धित सरोकार भएकाहरूको सहकार्य भएमा रोकथाम तथा नियन्त्रण गर्न सहज हुने बताउनुभयो ।  रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.