सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेवाशुश्रूषा पेसा मात्र नभएर मानवीय सेवा पनि होः परराष्ट्रमन्त्री


  •    न्युजभित्तो/२० भाद्र २०८२, शुक्रबार ११:५३ 
  • काठमाडौँ, २० भदौक । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सेवाशुश्रूषा घर, समुदाय तथा राष्ट्रको एक पेसा मात्र नभएर मानवीय सेवा पनि हो भन्नुभएको छ ।

    बिहीबार यहाँ आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो “बाल्यकालदेखि वृद्धावस्थासम्मका सेवाशुश्रूषासम्बन्धी समग्र गतिविधिलाई केवल पेसा वा जागिरका रूपमा मात्र हेरिनु हुँदैन, यो मानवीय सेवा पनि हो ।”

    सेवाशुश्रूषासम्बन्धी गतिविधिको घर, समुदाय तथा राष्ट्रियस्तरमा मूल्याङ्कन कम भएको र अर्थतन्त्रमा यसको योगदानका बारेमा खोजी नगरिएको बताउँदै मन्त्री राणाले मुलुकमा यस क्षेत्रको योगदान कृषिको हाराहारीमा रहेको, प्रायः महिलाले यसको असमान भार वहन गरिरहेका, यसले अर्थतन्त्र, राजनीति र सार्वजनिक जीवनमा हुने महिला सहभागितालाई अवरुद्ध गरेको उल्लेख गर्नुभयो ।

    नेपालले परिवर्तनको आवश्यकतालाई पहिचान गरेको, १६औँ योजनाले पहिलोपटक सेवाशुश्रूषालाई हाम्रो विकास दृष्टिकोणको केन्द्रमा राखेको उहाँले बताउनुभयो । मन्त्री राणाले सेवाशुश्रूषाको क्षेत्रमा गरिने लगानीलाई खर्चका रूपमा नलिई उच्च प्रतिफलयुक्त लगानीका रूपमा हेरिनुपर्ने बताउँदै उहाँले स्वास्थ्य र शिक्षा क्षेत्रमा विद्यमान यसको अभावलाई पूरा गर्न सके देशमा लाखौँले रोजगारी पाउने र कम्तीमा त्यो अवसर ६० प्रतिशत महिलाहरूको पक्षमा रहने अध्ययनहरुले देखाएका जानकारी दिनुभयो ।

    दशकौँअघिदेखि आफूहरूले मुलुकको सुदूरपश्चिम तथा अन्य क्षेत्रमा सुरक्षित मातृत्व तथा लैङ्गिक समानता कायम गर्ने अथक प्रयास जारी राखेको बताउँदै मन्त्री राणाले परिणामस्वरुप देशमा मातृ तथा शिशु मृत्युदर घटाउँदै दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा अग्रसर भएको चर्चा गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.