सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सबै स्वास्थ्य कार्यक्रमलाई बिमा बोर्डमा एकीकृत गर्नुपर्नेमा जोड


  •    न्युजभित्तो/१९ भाद्र २०८२, बिहीबार १५:५९ 
  • काठमाडौँ, १९ भदौः प्रतिनिधिसभाको आजको बैठकको प्रश्नोत्तरमा जवाफ दिँदै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारका सबै स्वास्थ्य सेवा कार्यक्रमलाई स्वास्थ्य बिमा बोर्डमा एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सबै स्वास्थ्य कार्यक्रमलाई बिमा बोर्डमा एकीकृत गरेमा सस्तो, सर्वसुलभ र विपन्नलाई निःशुल्क उपचार सुनिश्चित गर्न सकिने उहाँले बताउनुभयो ।

    स्वास्थ्यमन्त्री पौडेलले विभिन्न शीर्षकमा स्वास्थ्य उपचार खर्च विनियोजन भए पनि अपेक्षित परिणाम नआएकाले सम्पूर्ण कार्यक्रम स्वास्थ्य बिमा बोर्डमा स
    मेट्नुपर्ने धारणा राख्नुभयो । सामाजिक सुरक्षा कोष र सञ्चयकोषमार्फत खर्च भएको रकम पनि बिमा बोर्डमा गाभिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    मन्त्री पौडेलले चालु आवदेखि नसर्ने रोग, मानसिक स्वास्थ्य समस्यालगायत विषयमा समुदायस्तरबाट ‘स्क्रिनिङ’ गरी समयमै रोग पहिचान, रोकथाम, नियन्त्रण र सचेतना बढाउने कार्यक्रम अघि बढाइने जानकारी गराउनुभयो । उहाँले बढ्दो व्यक्तिगत व्ययभार कम गर्न स्वास्थ्य सेवा व्यवस्थापन, उपचार, पुनःस्थापना र प्रशामक सेवामा लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    मन्त्री पौडेलले स्वास्थ्यका विशिष्ट जनशक्ति व्यवस्थापनमा कमजोरी रहेको उल्लेख गर्दै उहाँहरूको दक्षता अभिवृद्धि, उचित निर्वाह भत्ता र उत्पादन वृद्धि गर्न लगानी बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले यस वर्ष दुई हजार ५०० जनशक्ति थप गर्ने र सरकारी अस्पताललाई ५०० शय्यामा विस्तार गरी क्षमता बढाइने जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.