सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवाता


  •    न्युजभित्तो/१७ भाद्र २०८२, मंगलवार १५:०९ 
  • काठमाडौँ, १७ भदौ । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ । सहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटमा विश्व बैंक र मन्त्रालयबीच नयाँ परियोजनामा सहकार्यका बारेमा छलफल भएको छ ।

    बृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना र काठमाडौँमा सहरी भौतिक पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन, नदी स्वच्छतालगायत विषयमा छलफल भएको छ । भेटमा उपाध्यक्ष जुटले मन्त्रालयले दुई स्थानमा केन्द्रित भएर योजना अघि बढाउन खोज्नु राम्रो भएको भन्दै सहकार्यका लागि विश्व बैंक सकारात्मक रहेको बताउनुभयो ।

    विश्व बैंकले लुम्बिनी, काठमाडौँ उपत्यकाको सहरी पूर्वधार, वातावरणीय प्रदूषण न्यूनीकरण तथा नदी र वायु स्वच्छताको क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । यस भेटवार्ताले नेपाल सरकार र विश्व बैंकबीचको साझेदारीलाई अझ सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ ।

    कार्यवाहक प्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयका आयोजनामा विश्व बैंकसँग भइरहेको सहकार्यका लागि आभार व्यक्त गर्दै नयाँ योजनाहरूमा पनि थप सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.