सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रमिकमैत्री कानुन निर्माणमा संसद् गम्भीर हुनुपर्छ: पूर्वसभामुख सापकोटा


  •    न्युजभित्तो/१६ भाद्र २०८२, सोमबार १६:५९ 
  • काठमाडौँ, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले दलित, मजदुर र सुकुम्वासीका हकहित सुनिश्चित गर्न संसद् गम्भीर बन्नुपर्नेमा जोड दिनुभएको छ ।
    अखिल नेपाल ट्रेड युनियन महासङ्घले आज काठमाडौँमा आयोजना गरेको श्रमिक–सांसद अन्तरक्रियामा उहाँले श्रमिकमैत्री कानुन निर्माणका लागि पार्टी सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । सापकोटाले श्रमिक अधिकारलाई संवैधानिक र कानुनी अभ्यासमा परिणत गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।
    कार्यक्रममा सहभागी श्रमिक प्रतिनिधिहरूले श्रम ऐनअनुसार बोनस पाउने अधिकार कार्यान्वयन गर्नुपर्ने, प्रतिष्ठानको मुनाफाको कम्तीमा १० प्रतिशत बोनस श्रमिकलाई वितरण गर्ने व्यवस्था कानुनमै स्पष्ट गर्नुपर्ने माग गर्नुभयो । उहाँहरूले वैदेशिक रोजगार ऐनमा विशेष संशोधन गरी अलपत्र परेका श्रमिकलाई सुरक्षित रूपमा नेपाल फर्काउने व्यवस्था मिलाउनुपर्ने र सवारी तथा यातायात व्यवस्था ऐनमा ‘राइड सेयरिङ एप्स’ सम्बन्धी स्पष्ट प्रावधान ल्याउनुपर्ने माग गर्नुभयो ।
    प्रतिनिधिसभाका सदस्य तथा नेकपा (माओवादी)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को विभिन्न समयमा श्रमिकका मुद्दा निरन्तर उठाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले सामाजिक सुरक्षा कोषलाई श्रमिकमैत्री बनाउन कानुन कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रियसभा सदस्य तथा प्रत्यायोजन समितिका सभापति मायाप्रसाद शर्माले मजदुरका मुद्दामा सत्तापक्षले ढिलासुस्ती गर्ने गरेको भन्दै आलोचना गर्नुभयो ।
    महासङ्घका अध्यक्ष जगतबहादुर सिंखडाले श्रमिक अधिकार सुनिश्चित गर्न श्रम ऐन, बोनस ऐनलगायत कानुन संशोधन गर्नुपर्ने र सामाजिक सुरक्षा कार्यक्रमलाई व्यावहारिक बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.