सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सत्सङ्गले समाजको विकृति विसङ्गती हटाउन मद्दत गर्छ


  •    न्युजभित्तो/१२ भाद्र २०८२, बिहीबार १४:२० 
  • काठमाडौँ, १२ भदौ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजमा विकृति विसङ्गती हटाएर सद्भाव सिर्जना गर्न सत्सङ्गले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभएको छ । 
    काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वरस्थित कवीर सत्सङ्ग आश्रम ट्रष्ट नेपालको नवनिर्मित भवन उद्घाटनपछि मन्त्री सिंहले अहिलेको अवस्थामा समाजमा सहकार्य र सद्भाव जरुरी रहेको बताउँदै सत्सङ्गले मानिसलाई सकारात्मक काममा केन्द्रित गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सत्सङ्ग र सन्तलाई बस्ने, खाने, ध्यान गर्ने केन्द्रको सुविधाका लागि सबैले आफूले सक्ने सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । भवन निर्माणप्रति आफू पनि सकारात्मक रहेको उहाँको भनाइ छ ।
    बागमती प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठले जीवनलाई सहिदिशातर्फ डोर्याउन सत्सङ्ग अत्यन्त जरुरी रहेको अनुवभ सुनाउनुभयो । काठमाडाँै महानगरपालिका–१० मा रहेको कवीर सत्सङ्ग आश्रममा आपूm सानैदेखि ध्यानकर्म गर्दै र कविरका सत्यवचन सुन्दै आएको बताउदै सांसद श्रेष्ठले सन्तको व्यवस्थापनमा भवन बनेकोमा खुसी व्यक्त गर्नुभयो ।
    काठमाडौँ महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले टोल र समाजमा सद्विचारको प्रवाह गर्न आश्रम प्रभावकारीस्थल रहेको बताउनुभयो । आश्रमका प्रमुख आर्दश दासले विसं २०५३ मा कवीर सत्सङ्ग आश्रम ट्रष्ट नेपालको स्थापना भएको बताउँदै भवन निर्माण भएपछि देशविदेशबाट आउने सन्तगुरु र भक्तजनलाई ध्यान, भजन, अध्ययन र विश्राम गर्न सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सत्सङ्ग जहाँ छन्, त्यहाँ शुभ हुन्छ । सोही विश्वासअनुसार सबै सत्सङ्गमा लाग्नुपर्छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.