सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल–चीन सम्बन्ध विस्तारमा राससको जोड


  •    न्युजभित्तो/६ भाद्र २०८२, शुक्रबार १३:०१ 
  • काठमाडौँ, ६ भदौक ।  चीनको सिचुआन विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रका निर्देशक प्रा हुआङ झेङ डुओले राष्ट्रिय समाचार समिति रासस_सँग सहकार्य गरी नेपाल–चीनबीचको सम्बन्धलाई जनस्तरमा पु¥याउन इच्छुक रहेको बताउनुभएको छ । 
    नेपाल भ्रमणमा रहनुभएका निर्देशक डुओले आज रासस केन्द्रीय कार्यालयको भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई अझ कसिलो बनाउन मिडियाले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताउँदै राससजस्तो आधिकारिक संस्थासँगको सहकार्य सिचुआन विश्वविद्यालयका लागि पनि अवसर हुनसक्दछ भन्नुभयो । 
    सो अवसरमा राससका महाप्रबन्धक सन्दीप राईले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै यस परम्परागत सम्बन्धलाई जनस्तरमा विस्तार गर्न राससले विशेष महत्व दिएको बताउनुभयो । उहाँले निकट भविष्यमै राससले चीनमा पनि आफ्नो प्रतिनिधि राख्न लागेको जानकारी दिनुभयो । 
     आलेख शाखाप्रमुख कृष्ण अधिकारीले दुई देशबीचको सम्बन्ध विस्तारमा राससले पुयाउँदै आएको योगदानका बारेमा जानकारी गराउनुभयो । सिचुआन विश्वविद्यालयमा विद्यावारिधि गरिरहनुभएका प्रशान्तकुमार विकेले नेपालको विकासमा चीनले उच्च महत्व दिएको उल्लेख गर्नुभयो । 
    सो अवसरमा निर्देशक डुओलाई राससद्वारा प्रकाशित रासस फोटो किताब २०८२ प्रदान गरिएको थियो । पुस्तकबाट नेपालको संस्कृति र पूर्वाधारका क्षेत्रमा आफूले धेरै जानकारी पाएको निर्देशक डुओले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.