सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गुरुङ समुदायले मातृभाषा जोगाउने अभियानमा सुरु गर्नुपर्छः मन्त्री गुरुङ


  •    न्युजभित्तो/४ भाद्र २०८२, बुधबार १६:५८ 
  • काठमाडौँ, ४ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएकाले मातृभाषा संरक्षण र पुस्तान्तरण अभियान घरबाट सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ ।
    नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित गुरुङ भाषाको ‘तमू कए’ पत्रिका सार्वजनिक कार्यक्रममा मन्त्री गुरुङले बसाइँसराइका कारण गुरुङ भाषा र संस्कृति लोप हुने खतरा बढ्दै गएको बताउनुभयो । कुनै समुदायको अस्थित्व उसको भाषा र संस्कृतिमा झल्किने हुँदा गुरुङ समुदायले मातृभाषा संरक्षण र पुस्तान्तरणमा विशेष पहल गर्नुपर्ने उहाँको भनाइ छ ।
    “कुनै पनि भाषाको संरक्षण घरबाटै सुरु हुन्छ”, उहाँले भन्नुभयो, “तमू भाषा र योसँग जोडिएको मौलिक संस्कृति जोगाउने अभियान सुरु गरिहाल्नुपर्ने जरुरी छ । अहिदे संरक्षणसँगै पुस्तान्तरणमा जोड दिएनौँ भने हाम्रा पुर्खाले आर्जेको कला, संस्कृति र भाषा लोप हुँदै जानेछ ।”  
    प्रतिष्ठानले तमू भाषाको पत्रिका पहिलो पटक प्रकाशन गरेकामा धन्यवाद दिँदै मन्त्री गुरुङले यो पहल सकारात्मक देखिए पनि मुख्य भाषालाई जीवन्त राख्ने आधार परिवार र समुदाय हुनपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठानले पत्रिका निकाल्नु इतिहास हो । तर, वास्तविक भाषा संरक्षण घरबाट सुरु हुनुपर्छ र यसलाई पुस्तान्तरण गर्दै जानुपर्छ ।”
    मन्त्री गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउनुको मुख्य उद्देश्य समतामूलक समाज र समावेशी चरित्रको अभ्यास गर्नु रहेको उल्लेख गर्नुभयो । सङ्घीय शासन प्रणालीमा सबैको स्वामित्व महसुस गराउने उद्देश्यले आरक्षण, समावेशी नीति ल्याइएको बताउँदै उहाँले गुरुङ समुदायले यो अवसरलाई भरपुर उपयोग गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले संविधानले दिएका समावेशीका अवसरलाई उपयोग गरेर राज्यको मूलधारमा पुग्न गुरुङ समुदायले जोड गर्नुपर्ने सुझाव दिनुभयो ।
    आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रतिष्ठानमार्फत जनजातिको भाषा, संस्कृति, कला र जीवनशैलीको दस्ताबेजीकरण गर्ने कार्य हुँदै आएको बताउनुभयो । जनजातिलाई निजामती सेवामा पहुँच वृद्धि गर्न निःशुल्क लोकसेवा तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले निजामती सेवामा गुरुङ समुदाय न्यून उपस्थिति हुनु चिन्ताको विषय भएको बताउनुभयो । 
    नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानप्रति सबै समुदायको साझा अनुभूति गराउन मातृभाषाका पत्रिका प्रकाशन गर्न जरुरी रहेको बताउनुभयो । यो अभियानलाई प्रतिष्ठानले ढिलै भए पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
    प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख राजन मुकारुङले नेपालमा भएका विभिन्न मातृभाषामध्ये, चार वटा भाषाका मातृभाषा पत्रिका अहिलेसम्म प्रकाशन भएका जानकारी दिनुभयो । 
    ‘तमू कए’ पत्रिकाका कार्यकारी सम्पादक अनिता गुरुङले गुरुङ भाषा बोल्न सकिने भए पनि लिपीमा उतार्न चुनौतीपूर्ण भएको अनुभव सुनाउनुभयो । पत्रिकामा गाउँघरमा बोलिने, ठेट भाषा र त्यहाँका मौलिक कला, संस्कृति समेटिएको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.