सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ज्येष्ठ नागरिकसम्बन्धी ऐन प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड


  •    न्युजभित्तो/४ भाद्र २०८२, बुधबार १४:४० 
  • काठमाडौँ, ४ भदौ । राष्ट्रियसभाका सांसदहरूले ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को व्यावहारिक रूपमा कार्यान्वन गर्नुपर्नेमा जोड दिनुभएको छ । 
    राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव कार्यान्वयन’सम्बन्धी छलफलमा सांसदहरूले ऐनमा ज्येष्ठ नागरिकका लागि स्वास्थ्योपचारमा ५० प्रतिशत छुट भनिए पनि व्यावहारिक रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । 
    सांसद सुमित्रा बिसीले भन्नुभयो, “ज्येष्ठ नागरिकको नागरिकता नहुँदा वृद्धाश्रममा बस्न पनि समस्या भएको छ, कतिपयले वृद्धाभत्ता पनि पाउनुभएको छैन, यो समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्छ ।”
    सांसद मदनकुमारी शाह (गरिमा)ले प्रत्येक अस्पतालमा ज्येष्ठ नागरिकका लागि छुट्टै शय्याको व्यवस्था हुनुपर्ने माग गर्नुभयो । कानुनमा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको व्यवस्था गरिए पनि पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
    कानुनमा सार्वजनिक सवारीसाधनमा सम्बन्धित सवारीधनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा दुईवटा सिट सुरक्षित राख्नुपर्छ र यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरिएको छ । सांसद रेनु चन्दले ज्येष्ठ नागरिकमैत्री भौतिक संरचना बनाउनुपर्नेमा जोड दिनुभयो । 
    त्यसैगरी, सरकारले तोकेको स्वास्थ्य संस्थाले सरकारले तोकेको सङ्ख्यामा ज्येष्ठ नागरिकले त्यस्तो संस्थामा उपचार गराउँदा लाग्ने शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने पनि कानुनमा उल्लेख छ । 
    सांसद युवराज शर्माले भन्नुभयो, “यदि बाबुले कमाएको सम्पत्तिमा छोराको हक हुन्छ भने छोराले कमाएको सम्पत्तिमा पनि बाबुको हक हुने कानुनी व्यवस्था गर्नुपर्छ ।”
    सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालन भएका ७७ जिल्लाका ९४ वटा अस्पतालबाट ज्येष्ठ नागरिकका लागि निःशुल्क तथा आंशिक रूपमा अस्पतालले तोकिएको स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । 
    मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले ज्येष्ठ नागरिक १६ लाख ६० हजार ३७०, दलित ज्येष्ठ नागरिक एक लाख ६१ हजार ८२५, एकल महिला ज्येष्ठ नागरिक एक लाख ७३ हजार ५६० र अन्य ज्येष्ठ नागरिक १७ हजार १५९ तोकिएको सामाजिक सुरक्षा भत्ताबाट लाभान्वित भएका जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.