सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छः प्रधानमन्त्री


  •    न्युजभित्तो/३ भाद्र २०८२, मंगलवार १६:१३ 
  • काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताउनुभएको छ ।
    राष्ट्रिय सूचना आयोगद्वारा आज आयोजित १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकले आवश्यक पाउनुपर्ने तर कानुनले गोप्य राख्नुपर्ने वा सरोकार नै नभएका विषयमा सूचना थुपार्नका लागि माग्ने अभ्यासको अर्थ आफूले नबुझेको टिप्पणी गर्नुभयो ।
    “हामीले लामो सङ्घर्ष गरेर लोकतन्त्र ल्याएका हौँ । स्वतन्त्रता र सूचनाको हक जस्ता हकका लागि म आफैँ जेलनेल लडेर आएको हो । संविधानमा हामीले जानी बुझीकन मौलिक हकहरुको व्यवस्था गरेकाले त्यसको कार्यान्वयन गर्नुपर्छ भन्नेमा अहिलेको सरकार स्पष्ट छ । हामी सबै फराकिलो, स्वतन्त्र र अनुशासित समाज चाहन्छौँ । परिपूर्ण लोकतन्त्र हाम्रो माध्यम हो, जसभित्र सूचनाको हकसहित सबै हक समावेश गरिएको हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यहाँ मतलबै नभएको विषयमा पेसेवार सूचनाको हक माग्नेहरु छन् । व्यक्तिका गोपनीयता र अनुसन्धानका क्रममा रहेका विषयमा पनि सूचना पाउनुपर्छ भनेर ढिपी गर्नेहरु छन् । समाज र राज्यमा कतिपय विषय गोप्य नरहने भन्ने हुँदैन । हामीले शपथ ग्रहण गर्दा आवश्यक काम पर्दाबाहेक प्रकट वा व्यक्त गर्ने छैन भन्ने शपथ लिएको हुन्छौँ । त्यसकारण हामी सबै आफ्नो अनुशासन र मर्यादामा रहँदै मौलिक हकको कार्यान्वयनमा लाग्नुपर्छ ।”
    प्रधानमन्त्री ओलीले सरकार र सूचना आयोगबीच कुनै अधिकारको लडाइँ तथा तानातान नरहेको उल्लेख गर्दै मौलिक हकको कार्यान्वयनका क्रममा देखिएका समस्यालाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सञ्जाललाई दर्ता र करको नियमनमा ल्याउने तथा समाजलाई व्यवस्थित गर्नुपर्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो ।
    कार्यक्रममा सूचनाको हकका अभियन्ता, उत्कृष्ट सूचना अधिकारी, पत्रकार, कर्मचारीलगायतलाई पुरस्कृत गरिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.