सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दोधारा चाँदनी सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हुन्छः मन्त्री भण्डारी


  •    न्युजभित्तो/२ भाद्र २०८२, सोमबार १४:२१ 
  • भीमदत्तनगर, २ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधरा चाँदनी सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

    सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “दोधारा चाँदनी सुक्खा बन्दरगाह लामो प्रतीक्षापछि सुरु गर्ने पक्रियामा हामी अगाडि बढेका छौँ, रु तीन अर्ब ८० करोडको लागतमा बन्ने गरी ठेक्का सम्झौता भइसकेको छ, प्रधानमन्त्रीको आउँदो भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीका तर्फबाट शिलान्यास गर्नेगरी कार्यक्रम तय भएको छ ।”

    नेपालले भारतका अन्य व्यापारिक बन्दरगाह प्रयोग गर्नका लागि पनि भारतीय पक्षसँग सकारात्मक रुपमा छलफल अगाडि बढेको मन्त्री भण्डारीले बताउनुभयो । “पश्चिम नेपालको सीमासँग नजिक रहेको भारतको मुन्द्रा बन्दरगाह हाम्रो प्राथमिकतामा छ । उहाँले भन्नुभयो, “तेस्रो मुलुकसँग सबैभन्दा छोटो व्यापारिक निकटता हुनेछ, यसबाट अन्तरदेशीय व्यापारमा सहज हुनेछ ।”

    दोधारा चाँदनीमा भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण काम अघि बढेको हो । यसले सुदूरपश्चिमकै आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.