सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटन क्षेत्रमा निजी क्षेत्रको साथ आवश्यक छः मन्त्री पाण्डे


  •    न्युजभित्तो/२ भाद्र २०८२, सोमबार १४:११ 
  • तानसेन (पाल्पा), २ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस पाल्पाले आज यहाँ आयोजना गरेको भेटघाटमा उहाँले पर्यटन क्षेत्र निजी क्षेत्रमा निर्भर रहेकाले यसको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिनुभयो ।

    पर्यटन क्षेत्रका चुनौती समाधानका लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र क्रियाशीलताको आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माण गर्न भने होटल, यातायात र पर्यटकीय गतिविधि निजी क्षेत्रले सञ्चालन गर्छ, यसका लागि निजी क्षेत्रमैत्री वातावरण निर्माण गरिदिनुपर्छ ।” उहाँले यसका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित नीति तथा ऐन बनाइरहेको बताउनुभयो ।

    नेपाली कांग्रेसका सह–महामन्त्री समेत रहनुभएका मन्त्री पाण्डेले कांग्रेसले अब स्वदेशमै रोजगारका अवसरहरु सिर्जना गरी विदेश पलाउनलाई रोक्ने दिशामा आफूलाई अग्रसर बनाउन थालेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.