सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जलवायु परिवर्तनका असरसँग जुध्न साझा प्रयास जरुरीः सभापति थापा


  •    न्युजभित्तो/२ भाद्र २०८२, सोमबार १४:०८ 
  • काठमाडौँ, २ भदौ । सङ्घीय संसदअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम देवी थापाले जलवायु परिवर्तनका असरसँग जुध्न साझा प्रयास अपरिहार्य रहेको बताउनुभएको छ ।
    हिन्दुकुश–हिमालय क्षेत्रका मुलुकका सांसदहरुको आजदेखि सुरु भएको बैठकको उद्घाटनमा उहाँले जलवायु परिवर्तनका प्रतिकूल असरले मानव सभ्यता र पृथ्वीका प्राकृतिक स्रोतलाई नै खतरामा पारेको बताउनुभयो । उहाँका अनुसार जलवायु परिवर्तनका कारण जैविक विविधताको ह्रास, वायु प्रदूषण र प्राकृतिक विपदाको तीव्रता बढ्दै गएका छन्, जसले अर्थतन्त्रदेखि स्वास्थ्य, कृषि, पर्यटन र ऊर्जा क्षेत्रसम्म प्रत्यक्ष असर पु¥याइरहेका छन् ।
    सभापति थापाले भन्नुभयो, “जलवायु संकटविरुद्धको लडाइँ विज्ञान र प्रविधिमा मात्र सीमित नभई राष्ट्रिय राजनीति, अर्थतन्त्र र क्षेत्रीय सहकार्यसँग पनि प्रत्यक्ष जोडिएको छ । यसलाई सामना गर्न कार्यकारी, विधायिका र न्यायपालिका तथा राजनीतिक–प्रशासनिक तहबीच घनिष्ठ सहकार्य आवश्यक छ ।” उहाँले यस सहकार्यलाई गैरसरकारी संस्था, सञ्चारकर्मी र जलवायु क्षेत्रमा संलग्न विज्ञसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
    उहाँले सांसदहरू नीतिनिर्माता र निर्णयकर्ताको हैसियतले जलवायु विज्ञान र जलवायु कूटनीतिसम्बन्धी ज्ञान तथा सीपलाई अझ विस्तार र परिष्कृत गर्नुपर्नेमा जोड दिनुभयो । यस क्षेत्रका सांसदबीच क्षेत्रीय जलवायु संसद् स्थापना गर्ने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
    सभापति थापाले यस सम्मेलनले सांसदहरूको क्षमता अभिवृद्धि, जलवायु कूटनीति प्रवद्र्धन, जैविक विविधता संरक्षण तथा वायु प्रदूषण नियन्त्रणमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । साथै, यसले सहभागी मुलुकबीच भ्रातृत्व र सहकार्यको भावना सुदृढ गर्ने उहाँको अपेक्षा थियो ।
    । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.