सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सहिदको बलिदान अमूल्य सम्पत्तिः मुख्यमन्त्री सिंह


  •    न्युजभित्तो/१ भाद्र २०८२, आईतवार १४:०२ 
  • जनकपुर, १ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तेस्रो मधेस आन्दोलनका प्रथम सहिद राजीव राउतप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

    आज राउतको सहादत दिवसका अवसरमा मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सहिद राउतसहित सम्पूर्ण सहिदप्रति उच्च सम्मान प्रकट गर्नुभयो ।

    मुख्यमन्त्री सिंहले सहिदहरूले देखाएको बाटो र आदर्शलाई अवलम्बन गर्दै मधेसका अधिकार, समानता र न्यायका पक्षमा निरन्तर अघि बढ्ने दृढ सङ्कल्प व्यक्त गर्नुभयो । उहाँले मधेस आन्दोलनका क्रममा बलिदान दिने सहिदहरूको बलिदानलाई इतिहासकै अमूल्य सम्पत्ति भएको उल्लेख गर्नुभएको हो ।

    मधेसवादी दलहरुको आन्दोलनका विसं २०७२ भदौ १ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा प्रहरीको गोली लोर राजीव राउतको घटनास्थलमै मृत्यु भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.