सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस


  •    न्युजभित्तो/३१ श्रावण २०८२, शुक्रबार १६:३६ 
  • काठमाडौँ, ३० साउन । काठमाडौँस्थित भारतीय दूतावासमा विभिन्न कार्यक्रम गरी भारतको ७९औँ स्वतन्त्रता दिवस मनाइएको छ ।

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै समारोहको शुभारम्भ गरिएको थियो । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन प्रस्तुत गरिएको थियो ।

    त्यस अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक कर्मचारीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गर्नुभयो । उहाँले रु छ करोड ४० लाखको एजीआइएफ ९आर्मी ग्रुप इन्स्योरेन्स फण्ड० चेक हस्तान्तरण गर्नुभएको थियो ।

    दूतावासले नेपालका सातै प्रदेश र २१ जिल्लामा रहेका ३९ शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ । यस पहलले दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने विश्वास गरिएको छ ।

    कार्यक्रममा नेपालमा रहनुभएका भारतीय समुदायका सदस्यका साथै दूतावासका अधिकारीहरू र उनीहरूका परिवारले उत्साहजनक सहभागिता रहेको थियो । यस अवसरमा दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका विद्यार्थीले देशभक्तिपूर्ण गीतमा सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.