सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनकी विनु रायमाझी बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री


  •    न्युजभित्तो/३१ श्रावण २०८२, शुक्रबार १५:३२ 
  • हेटौंडा, ३० साउन । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियुक्त गर्दै आफ्नो नेतृत्वको मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । विस्तारित मन्त्रीमण्डलमा चितवनकी विनु रायमाझी पौडेल सहकारी तथा गरिबी निवारण मन्त्री भएकी हुन् ।

    मुख्यमन्त्री बानियाँले यसअघि आफूसहित नौ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । त्यतिबेला आफूसहित कांग्रेसबाट तीन र सत्ता साझेदार दल नेकपा एमालेबाट ६ मन्त्री नियुक्त गरिएको थियो ।

    मन्त्रिपरिषदलाई पूर्णता दिएसँगै बागमती प्रदेश सरकारका मन्त्रीहरूको कार्यविभाजन यस प्रकार छ–

    मन्त्री परिषद् पूनर्गठन तथा बिस्तार एवम् कार्य बिभाजन

    १ इन्द्रबहादुर बानियाँ– मुख्यमन्त्री (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)

    २ मधुसूधन पौडेल– मन्त्री (कृषि तथा पशुपन्छी विकास मन्त्रालय)

    ३ शिवराज अधिकारी– मन्त्री (आन्तरिक मामिला तथा कानुन मन्त्रालय)

    ४ किरण थापामगर– मन्त्री (स्वास्थ्य मन्त्रालय)

    ५ उर्मिला नेपाल– मन्त्री (युवा तथा खेलकुद मन्त्रालय)

    ६ कन्चन चन्द्र वादे– मन्त्री (सामाजिक विकास मन्त्रालय)

    ७ डा दिनेशचन्द्र देवकोटा– मन्त्री (भौतिक पूर्वाधार विकास मन्त्रालय)

    ८ प्रभात तामाङ– मन्त्री (आर्थिक मामिला तथा योजना मन्त्रालय)

    ९ भरतबहादुर केसी– मन्त्री (वन तथा वातावरण मन्त्रालय)

    १० सुरेश श्रेष्ठ– मन्त्री (संस्कृति तथा पर्यटन मन्त्रालय)

    ११ जयराम थापा– मन्त्री (श्रम, रोजगार तथा यातायात मन्त्रालय)

    १२ कृष्णकुमार तामाङ– मन्त्री (खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय)

    १३ विन्दु श्रेष्ठ– मन्त्री (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय)

    १४ विनु रायमाझी पौडेल– मन्त्री (सहकारी तथा गरिबी निवारण मन्त्रालय)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.