सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्वविद्यालयलाई सुरक्षित र मर्यादित बनाउन सांसदको माग


  •    न्युजभित्तो/३० श्रावण २०८२, बिहीबार १६:०० 
  • काठमाडौँ, २९ साउन । सङ्घीय संसद् प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् । शून्य समयमा सांसदहरुले सर्पदंश, मानव तस्करी, लम्पी स्किन, शैक्षिक गुणस्तरलगायतका विषयमा आफ्ना धारणा राखेका हुन् ।

    सांसद विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा उच्च शिक्षाका विद्यार्थीबाट भएको तोडफोड गैरकानुनी र निन्दनीय रहेकाले विश्वविद्यालयलाई सुरक्षित, मर्यादित र प्राज्ञिक वातावरण बनाउन र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

    सांसद मीना तामाङले काभ्रेको पाँचखाल नगरपालिका–७, ८, ९ र १० मा मानव तस्करले गरिबीको बहानामा ललाइफकाइ गर्दै अङ्ग बेच्न बाध्य बनाएको बताउँदै तस्कर नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद मेटमणी चौधरीले सर्पदंश रोकथामकालागि गढवा गाउँपालिका–७ दाङ देउखुरीमा सर्पदंश उपचार केन्द्र स्थापना भएपनि दक्ष जनशक्ति र संरचनाको अभावमा सञ्चालन हुन नसकेको बताउनुभयो । उहाँले दक्ष जनशक्ति र आइसियू र भेन्टिलेटरको सुविधा माग गर्नुभयो ।

    सांसद मैना कार्कीले तराईमा खाद्यान्नजस्तै धान, गहुँ, तरकारी आदिमा र पहाडमा फलफूलको अर्गानिक क्षेत्र बनाउन सकिने धारणा राख्नुभयो ।

    सांसद योगेन्द्र मण्डलले हाँडी जातिलाई माझीको पहिचान दिन माग गर्नुभयो । सांसद रणकुमारी बलम्पाकी मगरले शैक्षिक सुधार अपरिहार्य भएकाले यसलाई गुणस्तरीय र रोजगारमुखी बनाउनुपर्ने बताउनुभयो ।

    सांसद राजेन्द्रकुमार केसीले लम्पी स्किनको उपचार भनेकै खोप दिनुपर्ने भएकाले केन्द्रीय सरकारले खोपको उपलब्धता गराउनुपर्ने माग राख्नुभयो ।

    सांसद रमा कोइराला पौड्यालले चालु आर्थिक वर्षमा प्रदूषण मापनका लागि आधुनिक प्रविधि प्रयोग गरिने, यातायात प्रणालीलाई वातावरणमैत्री बनाउन विद्युतीय बस थप्नेलगायतका योजनाहरुको विवरण माग गर्नुभयो ।

    सांसद मेनकाकुमारी पोखरेल, सांसद रञ्जुकुमारी झा, सांसद रणेन्द्र बराली, सांसद लालप्रसाद सावा लिम्बु, सांसद मंगलप्रसाद गुप्ता, सांसद रमा कोइराला पौड्याल, सांसदरेखा शर्मा, सांसद रुपा शोशी चौधरी र सांसद रुक्मिणी राना बराइलीले आफ्ना धारणा संसद्मा राख्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.