सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन आवश्यक छ’


  •    न्युजभित्तो/३० श्रावण २०८२, बिहीबार १५:३६ 
  • काठमाडौँ, २९ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद्बाट हुनसक्ने क्षति कम गर्न पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन आवश्यक रहेकामा जोड दिनुभएको छ ।

    नेपाल इञ्जिनीयरिङ काउन्सिलले आज काठमाडौँमा आयोजना गरेको ‘इञ्जिनीयरिङ पेसा र नेपाल इञ्जिनीयरिङ काउन्सिलको भूमिका’ विषयक कार्यशालामा उहाँले पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन विशिष्ट अध्ययन/अनुसन्धान जरुरी रहेको बताउनुभयो । उहाँले पूर्वाधार निर्माण पूर्व विस्तृत रूपमा योजनाबद्ध अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    नेपालको भू–धरातलिय विशिष्टता सुहाउँदो विकास ढाँचा आवश्यक रहेको बताउँदै मन्त्री दाहालले नेपालको भौगोलिक चुनौती खेप्नसक्ने प्रविधिबारे अध्ययन गर्न सरोकार भएका सबैलाई आग्रह गर्नुभयो । “आवश्यक नीति र कानुन निर्माण र संशोधनका लागि सरकार तयार छ, ठूला राजमार्गको विकास र विस्तार, आधुनिक सुरुङमार्गको निर्माण, नेपालको विशिष्ट भूबनोट सुहाउँदा सुरक्षित सडकलगायत संरचना निर्माणमा नेपाली इञ्जिनीयरहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ”, मन्त्री दाहालले भन्नुभयो । उहाँले नेपाली इञ्जिनीयरहरूको शिक्षा र क्षमतलाई अन्तरराष्ट्रिय मान्यता दिलाउने काम अघि बढ्नुले यस क्षेत्रलाई थप उत्साही बनाएको विश्वास व्यक्त गर्नुभयो ।

    मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालको पूर्वाधार विकासलाई नयाँ चरणमा पु¥याउन इञ्जिनीयरिङ क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । उपयोगबाट आर्थिक समृद्धिलाई अघि बढाउन सकिने धारणा राख्दै उहाँले नेपालमा उत्पादित जनशक्तिबाट पूर्वाधार क्षेत्रलाई आधुनिक र दिगो बनाउन सकिने बताउनुभयो । उहाँले नेपाली इञ्जिनीयरहरूको वृत्तिविकास र योगदानलाई महत्त्वका साथ हेरिएको उल्लेख गर्नुभयो ।

    काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले इञ्जिनीयर र इञ्जिनीयरङ क्षेत्रले विकासका विभिन्न आयामलाई समेट्ने भएकाले यस क्षेत्रको योगदानबिना आधुनिक विकास सम्भव नहुने बताउनुभयो । कार्यक्रममा इञ्जिनीयरङ पेसा र नेपाल इञ्जिनीयरिङ काउन्सिलको भूमिकाका विभिन्न विषयमा विज्ञसहित छलफल भएको काउन्सिलका रजिस्ट्रार ध्रुवराज भट्टराईले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    धनुषा-३ मा रास्वपाका झा अग्रस्थानमा
    कैलालीका दुई क्षेत्रमा नेकपा, एकरएक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
    प्रतिनिधिसभा सदस्य निर्वाचनः हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी
    • मनाङमा मतगणना सुरु
    • धादिङ-१ मा रास्वपाको अग्रता
    • मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित
    • रुपन्देही, २ मा रास्वपाका खरेल भारी मतले अगाडि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.