सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रविधिको सही उपयोगका लागि नागरिकलाई सुसूचित गराउनु आवश्यक स्महामन्त्री शर्मा


  •    न्युजभित्तो/३० श्रावण २०८२, बिहीबार १३:१२ 
  • पाटन (ललितपुर), २९ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डिजिटल दुनियाँमा प्रविधिको सही उपयोगका लागि हरेक नागरिकलाई सुसूचित गराउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

    नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा यहाँ आज आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिम उद्घाटन सत्रमा महामन्त्री शर्माले डिजिटल माध्यमको दुरुपयोगले मानिसको जीवन समाप्त पनि पारेको उल्लेख गर्दै यसबाट सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

    “डिजिटल माध्यमका कारणले समाजमा अप्ठ्यारो परेको अवस्था पनि छ, यी विषयमा सचेत गराउनु एउटा जिम्मेवार पार्टीको कर्तव्य हो, पछिल्लो पुस्तामा पार्टीलाई जोड्न, कांग्रेसको प्रचार गर्न, नकारात्मक भाष्य चिर्न, सरकारका कमजोरीका बारेमा सुधार गर्न, अभिव्यक्ति स्वतन्त्रताको उपयोग र सम्मान गर्न डिजिटल माध्यमको सही प्रयोग आवश्यक छ”, उहाँले भन्नुभयो ।

    कार्यक्रममा पार्टीका सहमहामन्त्री महेन्द्र यादवले पार्टीभित्रैका गुटउपगुटबीचको प्रतिस्पर्धाका लागि डिजिटल माध्यम प्रयोग गरिँदा पार्टीलाई क्षति पुगेको उल्लेख गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह र चुनावी परिचालनमा सही उपयोग गरेर लाभ हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

    पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले पार्टीको प्रचारप्रसारलाई सशक्त बनाउन डिजिटल माध्यमलाई प्रभावकारी उपयोग गरिनुपर्ने धारणा राख्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.