सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विकासका लागि राजनीतिक स्थिरता आवश्यक: सञ्चारमन्त्री


  •    न्युजभित्तो/२९ श्रावण २०८२, बुधबार १५:५८ 
  • काठमाडौँ, २८ साउन । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ ।

    स्वाबलम्बन विकास केन्द्रको ३४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले विकास र समृद्धिका पक्षमा प्रमुख दुई ठू्रला राजनीतिक दल एक भएर सरकार चलाउनुपरेको बताउनुभयो ।

    उहाँले देशमा अहिले स्थिर सरकार भएकाले लगानीको वातावरण बनेको प्रसङ्ग उल्लेख गर्दै रोजगारीसहित आर्थिक समृद्धि र विकासका पक्षमा अग्रसर हुन उद्यमीव्यवसायीसँग अनुरोध गर्नुभयो ।

    कार्यक्रममा मन्त्री गुरुङले रु दुई लाख राशिको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गर्नुभयो । स्वाबलम्बन विकास केन्द्रले यस वर्षका लागि सो पुरस्कार सो संस्थालाई दिने निर्णय गरेको थियो ।

    यसैगरी मन्त्री गुरुङले रु दुई लाख राशिको शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार सफल उद्यमीसमेत रहनुभएका सांसद योगेन्द्र मण्डललाई प्रदान गर्नुभयो ।

    सोही अवसरमा जनही रु ५० हजार राशिको उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार विमला थारु, जमुना घिमिरे र आशा बुढामगरलाई प्रदान गरिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.