सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बल राई एनआरएनए युएसएको उपाध्यक्षमा उम्मेदवार, नागरिकता र पूर्वाधार विकासलाई प्राथमिकता


  •    न्युजभित्तो/२९ श्रावण २०८२, बुधबार १३:४७ 
  • लस भेगास, नेभाडा । अमेरिकाको नेभाडा राज्यस्थित लस भेगासमा बस्दै आएका समाजसेवी बल राईले आगामी गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको २०२५–२०२७ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। संघको निर्वाचन यही साउन ३१ र भदौ १ गते (अगष्ट १६ र १७) मा हुने कार्यक्रम रहेको छ।

    लामो समयदेखि सामाजिक सेवामा सक्रिय राई एनआरएनए नेभाडा च्याप्टरका संस्थापक अध्यक्ष रहिसकेका छन्। हाल उनी एनआरएनए अमेरिकाको केन्द्रीय समिति (बोर्ड अफ डाइरेक्टर) का सदस्यका रूपमा क्रियाशील छन्। अमेरिकामा बसोबास गर्दै आएका नेपाली समुदायलाई संगठित गर्ने, नेपाल र अमेरिकाबीचको सम्बन्ध सुदृढ गर्ने तथा आपतकालीन अवस्थामा सहयोग पुर्याउने जस्ता क्षेत्रमा उनी निरन्तर सक्रिय रहँदै आएका छन्।

    उम्मेदवारी घोषणा कार्यक्रममा राईले हालको एनआरएनए अभियान संकटको अवस्थामा रहेको उल्लेख गर्दै आफ्नो उम्मेदवारी एकता र सहमतिको पक्षमा रहेको स्पष्ट पारे। “गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयन हाम्रो पहिलो प्राथमिकता हुनुपर्ने हो, तर पछिल्ला विवादका कारण यो विषय ओझेलमा परेको छ,” उनले भने।

    उनका अनुसार, आफू निर्वाचित भएमा नागरिकताको मुद्दालाई सबैभन्दा अघि राखेर काम गर्नेछु। साथै, नेपालको विकट तथा पिछडिएका क्षेत्रमा शिक्षा र स्वास्थ्य पूर्वाधार निर्माणमा एनआरएनए अमेरिकालाई सक्रिय रूपमा संलग्न गराउने योजनासमेत रहेको उनले बताए। “नेपालका दुर्गम गाउँहरूमा विद्यालय, स्वास्थ्य चौकी, तालिम केन्द्र जस्ता आधारभूत संरचना निर्माणका लागि प्रवासी नेपालीको स्रोत, सीप र अनुभवलाई जोड्ने हाम्रो लक्ष्य हुनेछ,” उनको भनाइ छ।

    राईले एनआरएनए अमेरिकालाई केवल प्रवासी नेपालीको संगठन मात्र नभई नेपाल र विश्वभर रहेका नेपालीबीचको सेतुका रूपमा अझ प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरे। यसका लागि सबै पक्षलाई साथ लिएर पारदर्शी, उत्तरदायी र परिणाममुखी नेतृत्व दिन आफू तत्पर रहेको पनि उनले बताए।

    वल राई अघिल्ला वर्षहरूमा पनि विभिन्न सामाजिक तथा मानवीय अभियानहरूमा संलग्न रहँदै आएका छन्। अमेरिकामा बस्दा उनले प्राकृतिक विपत्ति पीडितलाई राहत सहयोग, आर्थिक अभावमा परेका विद्यार्थीलाई छात्रवृत्ति, तथा स्वास्थ्य सामग्री आपूर्ति जस्ता कार्यक्रमहरूमा अग्रणी भूमिका निर्वाह गरेका छन्।

    अगष्ट १६ र १७ मा हुने निर्वाचनमा उपाध्यक्ष पदका लागि उनको उम्मेदवारीलाई नेभाडा लगायत अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायको उल्लेख्य समर्थन प्राप्त हुने अपेक्षा गरिएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.