सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धेरै मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश घिमिरे सम्मानित


  •    न्युजभित्तो/२७ श्रावण २०८२, सोमबार ११:४८ 
  • वीरगञ्ज (पर्सा), २६ साउन । पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१/ ८२ मा सात हजार दुई सय ४४ वटा मुद्दा फछ्र्यौट गरेको छ । अदालतले गत आवमा अघिल्लो आवको जिम्मेवारी सरेका र नयाँ दर्ता भएकामध्ये कूल १२ हजार छ सय ३५ मुद्दामध्ये ५७ दशमलव ३३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो ।

    न्यायाधीश दीपक खनालले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पर्सा अदालतको मुद्दा फछ्र्यौटको प्रतिशतमा वृद्धि भएको जानकारी दिनुभयो । ‘‘पर्सा जिल्ला अदालतले अघिल्लो आवमा भने ५७ प्रतिशत मुद्दा फछ्र्यौट गरेको थियो । गत आर्थिक वर्षमा भएको मुद्दाको फछ्र्यौट प्रगति उन्मुख देखिएको छ,’’ उहाँले भन्नुभयो,‘‘मुद्दा फछ्र्यौटमा अदालतको मात्रै एकल भूमिका नभएर अन्य सरोकारवाला निकायको पनि भूमिका महत्वपूर्ण हुने गर्छ ।’’

    अघिल्लो आवबाट जिम्मेवारी सरेका छ हजार ९२ र गत आवमा नयाँ दर्ता भएका मुद्दा सङ्ख्या भने छ हजार पाँच सय ४३ छन् । त्यस्तै अदालतमा १८ महिना नाघेका मुद्दाको सङ्ख्या तीन सय ६७ र दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या भने तीन सय ३४ रहेका छन् । न्यायाधीश नन्दकिशोरप्रसाद यादवले अदालतले पनि न्यायापालिकाको पञ्चवर्षीय रणनीतिक योजना अनुसार नै काम गर्दै आइरहेको जानकारी दिनुभयो ।

    ‘‘चालु आर्थिक वर्षमा गत आर्थिक वर्षबाट सरेर आएका र नयाँ दर्ता हुने गरी करिब १३ हजार चार सय ६८ मुद्दा दर्ता हुने लक्ष्य राखेका छौँ,’’ उहाँले भन्नुभयो,‘‘चालु आवमा लक्ष्यको ६६ प्रतिशत अर्थात आठ हजार आठ सय ३७ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य निर्धारण गरेका छौँ ।’’

    अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले वार्षिक कार्ययोजना अनुसार नै लक्ष्य राखेर मुद्दाको फछ्र्यौट गर्ने योजना रहेको जानकारी दिनुभयो । अदालतमा ११ न्यायाधीश कार्यरत रहनुभएको छ । अदालतमा कार्यरत रहनुभएका ती न्यायाधीसमध्ये न्यायाधीश माधवप्रसाद घिमिरेले गत आवभरिमा नौ सय ८३ मुद्दा फछ्र्यौट गर्न सफल हुनुभएको छ । उहाँलाई आइतबार एक कार्यक्रमबीच दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

    न्यायाधीश दीपक खनालले नौ सय ३९ मुद्दा फछ्र्यौट गर्नुभएको छ । न्यायाधीस नन्दकिशोरप्रसाद यादवले सात सय ६२, न्यायाधीश आनन्दप्रसाद श्रेष्ठले छ सय ३०, न्यायाधीश प्रमेश पोखरेलले छ सय पाँच मुद्दा फछ्र्यौट गर्नुभएको छ । त्यस्तै न्यायाधीश उत्तम सिलवालले काठमाडौँ र पर्सामा गरी छ सय २४, न्यायाधीश उपेन्द्रकेशर खनालले सिरहा र पर्सामा गरी छ सय ५७ मुद्दा फछ्र्यौट गर्नुभएको छ । न्यायाधीश मोहन सुवेदीले पाँच सय ८४, न्यायाधीश मुकुन्द आचार्यले पाँच सय ३८, कमलकान्त जोशीले पाँच सय ६६, न्यायाधीस रुद्रप्रसाद सुवेदीले पाँच सय एक वटा मुद्दा वर्षभरिमा फछ्र्यौट गर्नुभएको छ । पर्सा जिल्ला अदालतले गत आव नौ सय ५६ वर्ष तीन महिना एक दिन कैद बराबरको जरिवानाको लगत फछ्र्यौट गरेको छ । जबकी गत आवसम्म तीन हजार पाँच सय ५८ वर्ष ११ महिना ६ दिन कैदको लगत रहेको थियो गत आवभरिमा प्रति न्यायाधीश आठ सय ४३ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य तोकिएको थियो ।

    न्यायाधीश खनालले अदालतले न्याय सम्पादन गर्दा अदालतको प्रक्रिया र कार्यविधिलाई आधार मानेर फैसला गर्ने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.