सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिला विरोधी कानुन नल्याउन महिला सङ्घ ध्यानाकर्षण


  •    न्युजभित्तो/२२ श्रावण २०८२, बुधबार १०:२९ 
  • काठमाडौँ, २१ साउन । अखिल नेपाल महिला सङ्घले बहुविवाहसम्बन्धी कानुन निर्माण हुन लागेको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घको बागमती प्रदेश समितिले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई एक ज्ञापनपत्र बुझाउँदै महिला विरोधी कानुन निर्माण नगर्न आग्रह गरेको हो ।

    नेपाली महिलाहरुले पितृसत्तात्मक उत्पीडनवाट मुक्ति पाउनका लागि धेरै लामो सङ्घर्ष गर्दै आएको स्पष्ट पार्दै सङ्घले विभिन्न आन्दोलनवाट प्राप्त अधिकार तुहाउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरेको छ ।

    राजनीतिक प्रतिनिधित्वमा गठबन्धनको कारण सहभागिता घटेको, विवाहको उमेर घटाएर महिलालाई उत्पादन सम्बन्धसँग जोडिन र घरको चौघेरोबाट बाहिर आउन नसक्ने वातावरण सिर्जना गर्ने, कानूनी व्यवस्था जस्ता प्रयासहरु भइरहेकामा सङ्घको गुनासो छ ।

    मुलुकी अपराध संहिता , २०७४ लाई संशोधन गरी निश्चित परिस्थितीमा बहुविवाह गर्न पाउने कानुन ल्याउन लागेको विषयले सम्पूर्ण नेपालीको ध्यानाकर्षण भएको सङ्घका अध्यक्ष विमला चौलागाईं शर्माले उल्लेख गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.