सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानलाई मलको यथाशीघ्र व्यवस्था गर्न सांसदको माग


  •    न्युजभित्तो/२० श्रावण २०८२, सोमबार १६:०२ 
  • काठमाडौँ, १९ साउन । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानलाई यथाशीघ्र मलखादको व्यवस्था गर्न माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसदहरुले मल र खादको व्यवस्था नहुँदा किसानहरु मार्कामा परिरहेको उहाँहरुको भनाइ छ ।

    सांसद देवप्रसाद तिमिल्सिनाले नेपाललाई कृषिप्रधान देश भनिए पनि मल नपाएर देशभरिका किसानहरु समस्यामा परेको उल्लेख गर्दै यथाशीघ्र समस्या समाधानमा जोड दिनुभयो ।

    सांसद प्रभु हजाराले दुई दिनयता मधेसमा पानी परेसँगै किसानले धान रोप्न सुरु गरे पनि मलखाद नपाउँदा समस्यामा परिरहेको बताउनुभयो ।

    सांसद वासुदेव घिमिरेले मलखादको वितरण समान हुन नसक्दा अभावको सामना खेप्नु परिरहेको उल्लेख गर्नुभयो । उहाँले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ लाई संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “कार्यविधि संशोधन नहुँदा सहुलियतको रासायनिक मल वितरण समन्यायिक भएको छैन, वैज्ञानिक आधार र क्षेत्रीय भौगोलिक विविधताको उचित मूल्याङ्कन नगरी मलखाद वितरण भएको छ ।”

    उहाँँले यसरी मलखाद वितरण गर्दा पहाडी क्षेत्रमा मल थन्किने र तराईमा अभाव हुने देखिएकाले तराईका किसानहरु अत्यन्त मार्कामा परिरहेको दाबी गर्नुभयो ।

    सांसद तारा लामा तामाङले शुक्लाफाँटा वन्यजन्तु आरक्षणको विस्तारको क्रममा विस्थापित भएका नागरिकको पुनःस्थापना र व्यवस्थापनको दिगो समाधन नहुँदा समस्यामा परेको बताउनुभयो । “पुनःस्थापना र व्यवस्थापनका लागि सरकारले हालसम्म ३२ वटा अयोग गठन गर्दा पनि समस्या समाधान हुन नसक्दा विस्थापित परिवारहरु निराश छन् । शिविरहरुमा कष्टकर जीवन बिताउन बाध्य छन् । दीर्घकालीन समाधानका लागि अनुरोध गर्दछु”, उहाँले भन्नुभयो ।

    सांसदहरु दुर्गा राई र नारायणी शर्माले मुलुकी अपराध संहिताले पूर्णत निषेध गरेको बहुविवालाई छुट दिने कानुन ल्याउन लागिएको सुनिएको उल्लेख गर्दै त्यसको विरोध गर्नुभयो । सांसद राईले महिलामाथि हिंसा हुने र पुरुष छाडा हुने यो कानुन किन ल्याउन लागिएको भनेर विधेयकको घोर निन्दा र भत्सर्ना गर्नुभयो । सांसद शर्माले यो विधेयकलाई तत्काल नष्ट गर्नुपर्ने बताउनुभयो ।

    सांसद प्रकाश ज्वालाले पनि बहुविवाहको बाटो खोल्ने गरी कानुनमा गर्न लागेको संशोधन रोकिनुपर्ने माग गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने र प्रेसलाई नियन्त्रण गर्ने गरी ल्याउन लागिएको मिडिया काउन्सिल विधेयकलाई मिडियामैत्री हुनेगरी अघि बढाउन आग्रह गर्नुभयो । उहाँले सङ्घीय निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ हटाउन छलछाम षड्यन्त्र गर्न व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आओस् भन्ने मागसमेत गर्नुभयो ।

    सांसद प्रतिमा गौतमले ललितपुरको गोदावरी क्षेत्रको ६० प्रतिशत जारको पानीमा ढलजन्य किटाणुको मात्रा भेटिएको तथ्य सार्वजनिक गर्दै यस्तो दूषित पानीका कारण झाडापखाला, टाइफाइडजस्ता रोगको महामारी फैलन सक्ने खतरा रहेको बताउनुभयो । उहाँले पानी आपूर्ति गर्ने कम्पनीहरूको परीक्षणलाई कडाइ गर्न सरकारसँग माग गर्नुभयो ।

    सांसद विमला सुवेदीले प्रतिनिधिसभाको नियमावलीअनुसार गठन हुनुपर्ने महिला समन्वय समिति अझै गठन नभएकोप्रति आपत्ति जनाउँदै तत्काल गठन गर्न माग गर्नुभयो । सांसदहरु दीपक गिरी, दिलेन्द्रप्रसाद बडू, नैनकला थापा, पुष्पबहादुर शाह र प्रतीक्षा तिवारीले जनचासोका सरोकारहरुबारे धारणा राख्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.