सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पदमार्ग निर्माण


  •    न्युजभित्तो/१९ श्रावण २०८२, आईतवार १२:०१ 
  • डुम्रे (तनहुँ), १८ साउन । प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगारी सृजनामा आधारित भएर विभिन्न आयोजना निर्माणमा सहयोग पुगेको छ । विशेषगरी हराउने अवस्थामा पुगेको चौतारा, पदमार्ग, सिँढी बाटो, नाला सरसफाइ र वडा कार्यालयमा हरियाली प्रवर्द्धनमा यस कार्यक्रमले सहज बनाएको छ ।

    आर्थिक वर्ष २०८१/८२ मा यस कार्यक्रमबाट ६ चौतारी, चार पदमार्ग, दुई सिँढीबाटो निर्माण तथा सरसफाइ गरिएको व्यास नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगार सेवा केन्द्रका संयोजक सुजिता थापाले जानकारी दिनुभयो । यस वर्ष श्रमिकको सहयोगमा व्यास–६ स्थित नारेश्वर चौतारा, फूलबारी चौतारी निर्माण, व्यास–१३ स्थित बेनीकोट भञ्ज्याङ चौतारा, आसापानी चौतारी तथा व्यास–१४ स्थित ढाक्रेश्वरा समीचौतारा निर्माण गरिएको उहाँले बताउनुभयो ।

    त्यसैगरी व्यास–११ स्थित ठाडोपाखा पदमार्ग, ठाडोपाखा पदमार्ग निर्माण, व्यास–१४ स्थित चिसापानी पदमार्ग र तिपिलिडिङ पदमार्ग निर्माण गरिएको छ । व्यास–९ स्थित सिम्ले ठूलो पधेँरोबाट कात्तिकेचौर हेल्थपोष्ट जाने सिँढीबाटो समेत निर्माण गरिएको संयोजक थापाले बताउनुभयो । व्यास–१३ स्थित बेनीकोट खतरा चोक सिँढीबाटो पनि निर्माण गरिएको छ ।

    रु दुई लाखमा नारेश्वर चौतारा निर्माण, रु तीन लाखमा फूलबारी चौतारी निर्माण, माहेन्द्री ग्रामीण मार्गको नाला सरसफाइ र वडा कार्यालयमा हरियाली प्रवर्द्धन गरिएको छ । रु दुई लाखमा सिम्ले ठूलो पधेँरोबाट कात्तिकेचौर हेल्थपोष्ट जाने सिँढीबाटो निर्माण गरिएको छ । रु पाँच लाखमा ठाडोपाखा पदमार्ग निर्माण योजना सम्पन्न गरेको छ । रु तीन लाख ५८ हजारमा ठाडोपाखा पदमार्ग निर्माण गरेको संयोजक थापाले बताउनुभयो ।

    यस्तै रु पाँच लाखमा बेनीकोट भञ्ज्याङ चौतारा जनजागृति मावि सरसफाइ र घर्ती चौतारी निर्माण, रु तीन लाखमा आसापानी चौतारी निर्माण र बेनीकोट खतरा चोक सिँढीबाटो निर्माण, रु पाँच लाखमा ढाक्रेश्वरा समीचौतारा, चिसापानी पदमार्ग र रु दुई लाखमा तिपिलिडिङ पदमार्ग निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । रोजगारी शीर्षकबाट कार्यस्थलमा आधारित सीप क्षमता विकास तालिम र जीवनोपयोगी सीप तालिम ४० जनालाई ५० दिने तालिम प्रदान गरिएको संयोजक थापाले बताउनुभयो ।

    आर्थिक वर्ष २०८०/८१ मा सिँढी बाटो, चौतारा, नाला तथा पार्क सरसफाइ, गोरेटो बाटो निर्माणकार्यका लागि कुल रु २६ लाख ७२ हजार विनियोजित बजेटमध्ये रु २४ लाख ९० हजार खर्च भएको छ । ज्यालाका आधारमा रोजगारी सृजनामा आधारित रोजगार आयोजना सञ्चालन गरिँदै आएका छन् ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.