सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुपन्देही हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान


  •    न्युजभित्तो/१७ श्रावण २०८२, शुक्रबार १२:५८ 
  • काठमाडौँ, १६ साउन । निर्वाचन आयोगले रुपन्देहीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिवाचनका लागि दल दर्ता गर्न आह्वान गरेको गरेको छ ।

    उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका दललाई संविधानअनुसार यही साउन २१ देखि २७ गतेसम्म राजनीतिक दलसम्बन्धी नियमावलीबमोजिमको ढाँचामा आयोगमा दल दर्ताका लागि निवेदन दिन सूचना जारी गरिएको हो ।

    सूचनामा दल दर्ता गर्दा नियमावलीबमोजिमको ढाँचामा निवेदन, राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सञ्जालको खाता उल्लेख गर्नुपर्ने उल्लेख छ ।

    यस्तै, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, पछिल्लो पटक आयोगसमक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मितिसहितको विवरण पेस गर्नुपर्ने आयोगका सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

    उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न र उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार दिएको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, निवेदनमा दलको प्रमुख पदाधिकारीको दस्तखत, उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्न तोकिएको ढाँचामा पदाधिकारीको नाम थर, पद र सम्पर्क नम्बरसहितको दस्तखत नमुनालगायत विवरण पस गर्नुपर्ने जानकारी दिइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.