सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


  •    न्युजभित्तो/१७ श्रावण २०८२, शुक्रबार १०:४३ 
  • वाशिङ्टन, १६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन्। यसअघि २५ प्रतिशत करको घोषणा गरेका ट्रम्पले १ अगस्टदेखि लागु हुने गरी थप करको घोषणा गरेका हुन्। ह्वाइट हाउसले दर्जनौँ देशमा नयाँ करको घोषणा गरेको छ। यस अघि ट्रम्पले अप्रिल महिनामा नै धेरै देशको सामानमा थप करको घोषणा गर्दै हलचल मच्चाएका थिए। चर्को करको घोषणापछि विभिन्न देशले अमेरिकासँग वार्ता गर्दै राष्ट्रपति ट्रम्प यो घोषणाबाट टाढा भएका थिए। यसरी अमेरिकासँग व्यापारिक सम्झौता गर्नेमा युरोपेली युनियन र बेलायतसम्म रहे।

    संसारका धेरै देशका नेताहरूले अमेरिकासँगको वार्ताको विषयमा जानकारी दिन थालेका छन्। स्विजरल्यान्डकी राष्ट्रपति कारिन केजन सटरले करको विषयमा अमेरिकासँग कुनै सहमति र वार्ता नभएको जानकारी दिएकी छिन्। उनले सामाजिक सञ्जालमा अन्तिम समयमा ट्रम्पसँग फोन वार्ता भए पनि कुनै सम्झौता नभएको जानकारी दिएकी छिन्। अप्रिल १ को स्वतन्त्रताको दिन ट्रम्पले स्विजरल्यान्डको सामानमा ३१ प्रतिशत करको घोषणा गरेका थिए। यस विषयमा अमेरिकासँग सहमति हुने कुरामा स्विजरल्यान्ड आशावादी रहेको छ।

    रुससँग तेल र हतियार खरिद गरेको भन्दै अमेरिकाले भारतीय समानमा २५ प्रतिशत कर लगाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.