सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थानकोट-चित्लाङ सडक आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्नेछ


  •    न्युजभित्तो/१६ श्रावण २०८२, बिहीबार १२:१८ 
  • काठमाडौँ, १५ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थानकोट-चित्लाङ सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिनुभएको छ । आज सो सडकको निरीक्षण पछि उहाँले काठमाडौँ जोड्ने छोटो मार्गका रूपमा रहेको थानकोट-चित्लाङ खण्ड आर्थिक विकास र समृद्धिको सहयोगी बन्ने बताउनुभयो । 
    यो सडकले मकवानपुरको कृषि उपज काठमाडौँसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पुर्‍याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै उहाँले कुनै पनि आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न आग्रह गर्नुभयो । मन्त्री दाहालले विकासका संरचनाले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नुपर्ने धारणा राख्दै यो सडकसमेत आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण रहेकाले निर्माणमा तदारुकता दिनुपर्ने बताउनुभयो । 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुर तथा काठमाडौँबासीका लागि मात्र नभई पूर्वी नेपालसहित बाग्मती, मधेस र लुम्बिनीसँगको सम्पर्कका लागि पनि यो सडक महत्त्वपूर्ण रहेको बताउनुभयो । यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागि बहुउपयोगी हुने अपेक्षा राखिएको यो सडक बिना अवरोध शीघ्र सम्पन्न गराउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।
    सडक विभागका महानिर्देशक डा. विजय जैसीले कुनै पनि ढिलासुस्ती हुन नदिई निर्माणलाई गति दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेका अनुसार सो सडक स्तरीकरणको ठेक्काका लागि काम अघि बढिसकेको छ । अनुगमनमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवराज खतिवडा, वुद्धिजिवी सङ्गठनका अध्यक्ष इञ्जिनियर गजेन्द्र थपलियालगायत सहभागी रहनुभएको थियो । सडक डिभिजन काठमाडौँका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो सडक निर्माणका लागि दुई प्याकेजमा ठेक्का लागि काम भइरहेको छ । यो सडक आठ दशमलव पाँच किमी काठमाडौँतर्फ पर्दछ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.