सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामाजिक विकास ऐनसम्बन्धी विधेयकमाथिको छलफल सकियो


  •    न्युजभित्तो/१५ श्रावण २०८२, बुधबार १६:४६ 
  • विराटनगर, १४ साउन । कोशी प्रदेशसभाको आजको बैठकमा ‘सामाजिक विकास संस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।

    सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य राधकृष्ण खनाल र किशोरचन्द्र दुलाले आ–आफ्नो सुझाव दिनुभएको थियो । प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले विधेयकलाई समयसापेक्ष बनाउनुपर्ने भएकाले संशोधन गरिएको उल्लेख गर्नुभयो । उहाँले छलफलमा उठेका विषय सान्दर्भिक रहेका बताउँदै विधेयकले प्रदेशभरिका सूचिकृत संस्थालाई नियमन गर्न सहज हुने धारणा राख्नुभयो ।

    सभामा प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति होमबहादुर थापाले ‘खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन वाचन गर्नुभयो ।

    बैठकको विशेष समय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतक विद्या चाम्लिङले कोरोनाकालमा बिमा गरेर पनि बीमितले रकम नपाएकामा सरकारको ध्यानाकर्षन गराउनुभयो ।

    उहाँले ‘जसको जोत त्यसको भोग’ भन्ने भनाइलाई सावित गर्न वर्षौंदेखि भोगचलन गर्दै आएको तर धनीपुर्जा नपाएका सुकुम्बासीलाई धनीपुर्जा दिन आग्रह गर्नुभयो । सदस्य चाम्लिङले संविधानप्रदत लोपोन्मुख, सीमान्तकृत, दलितका छोराछोरीलाई निःशुल्क उच्च शिक्षा हासिल गर्ने अधिकार स्थापित भए पनि नपाएकामा चिन्ता व्यक्त गर्नुभयो ।

    आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल, मीना श्रेष्ठ, रामदेव यादव, ममता तामाङ मगर, शोभा चेम्जोङ, कमलप्रसाद जवेगु र खगेश्वरी पौडेलले समसामयिक विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.