चितवनकी माया श्रेष्ठ र गीता गुरुङ सहित तीन जना वागमती प्रदेशको मन्त्री नियुक्त
न्युजभित्तो/१५ श्रावण २०८२, बुधबार १०:१२
हेटौंडा, १४ साउन । चितवनकी माया श्रेष्ठ र गीता गुरुङ बागमती प्रदेशको मन्त्री बन्नु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले श्रेष्ठ, गुरुङ र गोविन्द लम्साललाई मन्त्री नियुक्त गरेका हुन् ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ । बागमतीमा कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्री विहीन थिए । गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेकाले अझै युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिवी निवारण मन्त्रालय नेतृत्वविहीन छन् ।
९ साउनमा चार जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।