सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपसभामुख राना चीन भ्रमण सकेर स्वदेश फिर्ता


  •    न्युजभित्तो/१३ श्रावण २०८२, सोमबार १२:४८ 
  • काठमाडौँ, १२ साउन ।उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको छदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार राति स्वदेश फर्कनुभएको छ।चीनको हेनान प्रान्समा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राति ११ः३० बजे स्वदेश फर्कनुभएको हो ।
    ्
    उपसभामुख राना यही साउन ७ देखि ११ गतेसम्म आयोजित साङ्घाई सहयोग मञ्च, मिडिया र थिङ्क ट्याङ्क शिखर सम्मेलनमा सहभागी हुनुभएको थियो । सो कार्यक्रममा उहाँले ‘विकासका लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण’ विषयमा सम्बोधन गर्नुभएको थियो भने हेनान प्रान्सका अधिकारीहरूसँग भेटघाट गर्नाका साथै सोही प्रान्समा अवस्थित झेडझोउ शहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गर्नुभएको थियो ।

    उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदीश न्यौपानेसमेत सम्मिलित हुनुहुन्थ्यो । उहाँ दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.