सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि…


  •    न्युजभित्तो/१३ श्रावण २०८२, सोमबार १२:०० 
  • स्टकहोम, १२ साउन । स्कटल्यान्डमा एक जना पुरुष पक्राउ परेका छन् । विमान उडिरहेको समयमा उनले ठूलो स्वरमा चिच्याएर विमानलाई बमले उडाएर ध्वस्त पार्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिका कारण ग्लासगो विमानस्थलमा विमान अवतरण गर्ने बित्तिकै उनलाई पक्राउ गरिएको छ ।

    यो घटना लन्डनको लुटन विमानस्थलबाट ग्लासगोका लागि उडेको इजीजेटको उडानमा भएको थियो । सामाजिक सञ्जालमा भाइरल भिडियोमा नाम नखुलाइएका ती व्यक्तिले ‘म विमानमा बम फोडिदिनेछु’, ‘अमेरिका मुर्दावाद’, ‘ट्रम्प मुर्दावाद’ र ‘अल्लाहु अकबर’ भन्दै चिच्याइरहेको देखिन्छ । विमानमा रहेका अर्का यात्रुले उनलाई समातेर भुईँमा पछारेका थिए ।

    विमान ग्लासगो विमानस्थलमा अवतरण गर्ने बित्तिकै प्रहरी ४१ वर्षीय ती पुरुषलाई पक्राउ ग‍रेर हिरासतमा राखेको छ । उनीसँग सोधपुछ भइरहेको छ । ग्लासगो टाइम्सका अनुसार, विमानभित्र रहेका कुनै पनि यात्रु वा विमानको सुरक्षामा कुनै हानि नभएको एयरलाइन्सले बताएको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.