सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री समक्ष १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन गर्न आग्रह


  •    न्युजभित्तो/१२ श्रावण २०८२, आईतवार १५:३४ 
  • काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सुदूरपश्चिमका नेताले विभिन्न १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन आग्रह गर्नुभएको छ ।

    नेकपा ९एमाले०का सचिव लेखराज भट्टको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली समक्ष आज भेटी त्रिभुवन विश्वविद्यालय ९त्रिवि०का सम्बन्धन प्राप्त भइ सुदूरपश्चिम प्रदेशमा सञ्चालित १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजन गर्न आग्रह गर्नुभएको हो ।

    टोलीले भानु बहुमुखी क्याम्पस दोधरा चाँदनी कञ्चनपुर, अछाम बहुमुखी क्याम्पस मङ्गलसेन अछाम, लम्की बहुमुखी क्याम्पस कैलाली, केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस डोटी, शङ्करपुर क्याम्पस दार्चुला, घोडाघोडी बहुमुखी क्याम्पस कैलाली, कृष्ण वैजनाथ बहुमुखी क्याम्पस झलारी कञ्चनपुरलाई सुदूपश्चिम विश्वविद्यायको आङ्गिक क्याम्पसमा समायोजन गरिदिन माग गरिएको छ ।

    यस्तै पुचौडी बहुमुखी क्याम्पस हाट बैतडी, बझाङदीप बहुमुखी क्याम्पस बझाङ, सुनकुडा बहुमुखी क्याम्पस बझाङ, भीमदत्त बहुमुखी क्याम्पस डडेल्धुरा, महाकाली बहुमुखी क्याम्पस बेलौरी कञ्चनपुर र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज गोकुलेश्वर बैतडीलाई सुदूपश्चिम विश्वविद्यायको आङ्गिक क्याम्सपसमा समायोजन गरिदिन माग गरिएको छ ।

    भेटमा अनेरास्ववियुका पूर्वउपाध्यक्ष गोविन्द गिरीले प्रधानमन्त्री ओलीले यसअघि आफू प्रधानमन्त्री हुँदा बखत नै सुदूरपश्चिम विश्वविद्यालयको सभाबाट ती १३ वटा क्याम्पसलाई समायोजन गर्ने निर्णय गरेकोले भन्दै चाँडै समायोजन गर्ने प्रक्रियामा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको बताउनुभयो ।

    त्यस अवसरमा एमाले सचिव भट्टसहित एमाले नेता गणेश ठगुन्ना, एमालेकै नेता एवम् सुदूरपश्चिम प्रदेशमा पूर्वमुख्यमन्त्री राजेन्द्र रावललगायत हुनुहुन्थ्यो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.