सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘बराहक्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ’


  •    न्युजभित्तो/१२ श्रावण २०८२, आईतवार १५:२८ 
  • धरान (सुनसरी), ११ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक क्षेत्रको संरक्षण, पूर्वाधार निर्माण तथा सुधार र जल व्यवस्थापनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

    आज बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित बराहक्षेत्र मन्दिरमा आयोजित दोस्रो बराहजयन्ती कार्यक्रममा उहाँले यहाँका धार्मिक तथा सांस्कृतिक महत्त्वलाई कायम राख्दै यसको संरक्षणप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

    हरेक वर्ष हजारौँ श्रद्धालुहरूको आगमन हुने यस तीर्थस्थलमा पूर्वाधार र संरचनाको स्तरोन्नति अपरिहार्य भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पछिल्लो समय बाढी तथा कटानको उच्च जोखिममा परेको बराहक्षेत्रमा तटबन्ध निर्माणका साथै अन्य सुरक्षाका उपाय अघि बढाइने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    बराहक्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने रणनीतिअन्तर्गत सड़क, पदमार्ग र सूर्यकुण्डसम्म पहुँचमार्ग स्तरोन्नतिका लागि प्रदेश सरकारले सरोकार भएकासँग समन्वय र सहयोग गर्ने मुख्यमन्त्री कार्कीलेउल्लेख गर्नुभयो । प्रदेश र स्थानीय सरकारबीचको समन्वयलाई सुदृढ गर्दै धार्मिक पूर्वाधार विकासलाई अझ प्रभावकारी रूपमा अघि बढाइने उहाँले धारणा राख्नुभयो ।

    कोकाहा खोलाको पानीलाई आधुनिक प्रविधिबाट प्रशोधन गरी धार्मिक प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले त्यसका लागि आवश्यक योजना अघि सारिएको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सतही ढाँचाबाट हटेर सम्मानजनक र सुरक्षित ढङ्गले प्रशोधन गरी प्रयोग प्रणालीमा ल्याउने र जल प्रशोधन संयन्त्र स्थापनाका लागि प्राविधिक पहल सुरु गरिने छ ।”

    उपचारित तथा स्वच्छ पानीलाई धार्मिक अनुष्ठान, पूजाआजा, आरती र मन्दिर परिसरमा पवित्र उद्देश्यका लागि प्रयोग गर्न प्रोत्साहित गरिने प्रदेश सरकारको योजना रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यसले बराहक्षेत्र आउने श्रद्धालु र पर्यटकलाई विश्वसनीय, सुरक्षित र शुद्ध पानीको व्यवस्था गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । “धार्मिक सम्पदाको संरक्षणसँगै वातावरणीय सन्तुलन र आधुनिक प्रविधिको संयोजनमार्फत धार्मिक क्षेत्रको व्यवस्थित विकासमा प्रदेश सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

    कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं १ बराहबाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने, बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवा,र जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनालगायत स्थानीय जनप्रतिनिधिको उपस्तिथि थियो । -रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.