सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रकाश मानव अधिकार पुरस्कार’ यादवलाई


  •    न्युजभित्तो/१२ श्रावण २०८२, आईतवार १३:०२ 
  • काठमाडौँ, ११ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यसवर्षको ‘प्रकाश मानव अधिकार पुरस्कार’ चुरे तथा वनजङ्गल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गर्ने निर्णय गरेको छ ।

    इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालका अनुसार इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित ‘प्रकाश मानव अधिकार पुरस्कार’ छनोट समितिले यादवलाई पुरस्कार दिने निर्णय गरेको हो । चालिस जनाको नाममध्येबाट वातावरण अधिकारका क्षेत्रमा सम्झौतारहित सङ्घर्ष गर्दै आउनुभएका यादवको नाम छनोट गरिएको उहाँले जानकारी दिनुभयो ।

    बारा जिल्लाको सिम्रौनगढ नगरपालिका-२ मौवाही निवासी यादव विसं २०७४ देखि चुरे संरक्षण तथा वातावरणीय अधिकारका विषयमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ । यही साउन १६ गते काठमाडौँमा आयोजना हुने ३३औँ प्रकाश स्मृति दिवसको अवसरमा पुरस्कृत व्यक्तित्व यादवलाई नगद रु ५० हजारसहित सम्मान गरिने छ ।

    इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा हरेक वर्ष इन्सेकले पुरस्कार प्रदान गर्दै आएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.