सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हरिद्वारको मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृत्यु


  •    न्युजभित्तो/१२ श्रावण २०८२, आईतवार १२:१० 
  • नयाँ दिल्ली, ११ साउन । उत्तराखण्डको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड मच्चिँदा ठुलो दुर्घटना भएको छ । भागदौडमा ६ जनाको मृत्यु भएको खबर आएको छ । धेरै जना गम्भीर घाइते भएको बताइएको छ ।

    घटनास्थलमा राहत र उद्धार कार्य भइरहेको छ । दुर्घटनापछि प्रहरी र प्रशासनको टोलीले तुरुन्तै घाइतेहरूलाई अस्पताल लैजान थालेको छ ।

    प्रारम्भिक जानकारीअनुसार उच्च भोल्टेज लाइनको तार भाँचिएर मन्दिरको बाटोमा खसेपछि भागदौड मच्चिएको थियो । त्यसबेला दर्शनका लागि ठुलो सङ्ख्यामा भक्तजनहरू मन्दिर पुगेका थिए ।

    तार भाँचिएपछि अचानक उत्पन्न त्रासका कारण स्थिति नियन्त्रण बाहिर गएको बताइएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले आफ्नो एक्स अकाउन्टमा भागदौडको बारेमा जानकारी दिएका छन् ।

    धामीले यस घटनाप्रति शोक व्यक्त गरेका छन् । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.