सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रीमती रञ्जितालाई बैठकमा सहभागी भएर जवाफ दिन रेशम चौधरीको चुनौती


  •    न्युजभित्तो/१० श्रावण २०८२, शुक्रबार १३:०६ 
  • काठमाडौं, ९ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठलाई संरक्षक रेशम चौधरीले जवाफ माग्दै पार्टीको केन्द्रीय समिति बैठकमा आएर जवाफ दिन चुनौती दिएका छन् । संरक्षक चौधरीले पत्नीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जितासँग पोखराको लिची बगैंचाको जग्गा नामसारी गर्न भएको घुसकाण्डबारे जवाफ बैठकमा आएर दिन माग गरेका हुन् ।

    फेसबुकमा एक भिडिओ सन्देश जारी गर्दै उनले भने, ‘उहाँले अरूको बारेमा लेख्नुहुन्न, पार्टीभित्र विभाजन मात्रै ल्याउन खोज्नुहुन्छ । यो बैठक विधानतः बोलाइएको हो । त्यो बैठकमा मलाई विशेष आमन्त्रण गरिएको छ। नाउपाको बैठक वैधानिक वा अवैधानिक भनेर व्याख्या गर्ने को ? परिचालित व्यक्ति होइन र ?’

    उनले थपे, ‘अहिले उत्पन्न परिस्थिति हाम्रा कारण होइन । तपाईँका कारण सिर्जना भयो । तपाईँका कारण उत्पन्न सिर्जना भए पनि हामीले तपाईँसँग सम्पर्क राख्ने प्रयास गरेकै छौँ । तपाईँ केन्द्रीय समितिको बैठकमा आउनुपर्छ । स्पष्टरूपमा जवाफ दिनुपर्छ । जनता अन्योलमा छन्, हाम्रो पार्टीको अध्यक्षलाई मुद्दा लाग्यो खै त जवाफ दिनुभएको हो रु एउटा मुखले मात्रै बोलेर हुँदैन । केन्द्रीय समितिमा आएर तपाईँले आफ्नो भावना राख्नुभयो भने भोलि लाख मुखले तपाईँको पक्ष वा विपक्षमा कुराकानी गर्ला ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.