सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत


  •    न्युजभित्तो/९ श्रावण २०८२, बिहीबार १६:५७ 
  • पाटन (ललितपुर), ८ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्दै समृद्ध समाज निर्माण गर्ने रहेको बताउनुभएको छ ।

    जननायक बिपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बिपी चिन्तन प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित ‘नेपालमा आर्थिक रुपान्तरणको अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा प्रवक्ता डा महतले नागरिकलाई अधिकार सम्पन्न र आर्थिक रूपमा सम्पन्न बनाएर मात्रै राष्ट्रियता बलियो बनाउन सकिन्छ भन्ने बिपी कोइरालाको धारणा रहेको उल्लेख गर्नुभयो ।

    “बिपीले नेपालमा प्रजातन्त्र आउनुपर्छ भन्ने मात्रै नभइ राष्ट्रियतालाई कसरी बलियो बनाउन सकिन्छ भन्ने सोच राख्नुभएको थियोे, उहाँले सोच्नुभएको प्रजातान्त्रिक समाजवादी विचार र आर्थिक दृष्टिकोण तत्कालीन अवस्थाका लागि मात्रै थिएन, त्यसबेला खेतीपातीमा अधिकांश किसान आत्मनिर्भर थिए, त्यसैले आमनागरिकलाई उत्पादनको जिम्मा दिने उहाँको नीति थियो”, उहाँले भन्नुभयो ।

    प्रवक्ता महतले बिपी कोइरालाको आर्थिक नीतिका कारण २०४६ सालपछि दुई प्रतिशतमा रहेको आर्थिक वृद्धिदर छ प्रतिशतभन्दा माथि पुगेको जनाउँदै ३० वर्ष देश पञ्चायतको कब्जामा हुँदा भने बिपी कोइरालाको दृष्टिकोण र आर्थिक नीति लागू हुन नसकेन उल्लेख गर्नुभयो ।

    “कम्युनिष्टले राज्य नियन्त्रित अर्थव्यवस्थालाई अगाडि सार्छन्, यो असफल अर्थव्यवस्था हो, चीन र रसियामा यो व्यवस्था असफल भएको छ, अमेरिका जस्तो देशले अवलम्बन गरेको पुँजीवादी व्यवस्था पनि पर्याप्त नभएकाले नागरिकलाई समानता हुन सक्दैन, विभिन्न खाले असमानता चिर्न राज्यले लागानी गर्नुपर्छ भनेर लोतान्त्रिक समाजवादको उदय भयो,” उहाँले भन्नुभयो ।

    प्रवक्ता महतले निजी क्षेत्रले उत्पादनको नेतृत्व गर्नुपर्ने र सरकारले वितरणको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निजी क्षेत्रले काम गर्न नसकेको ठाउँमा मात्रै राज्यले लगानी गर्नुपर्छ भन्ने बिपी कोइरालाले अवलम्बन गर्नुभएको आर्थिक नीति रहेको स्पष्ट पार्नुभयो ।

    डा महतले राजनीतिक नेतृत्वले अर्थव्यवस्थालाई ध्यान नदिएसम्म देश समृद्ध हुन नसक्ने भन्दै अबको समय सूचना प्रविधि, पर्यटन र उत्पादनमा आधारित अर्थव्यवस्थालाई केन्द्रित गरी राज्यले नीति बनाउनुपर्ने बताउनुभयो । आमनागरिकको शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै उहाँले कांग्रेसले २०४८ सालपछि हरेक गाउँ विकास समितिमा विद्यालयको सुरुआत र अस्पतालको व्यवस्थापनमा जोड दिएको जानकारी दिनुभयो ।

    बिपी चिन्तन प्रतिष्ठानका सहअध्यक्ष पुष्पराज पराजुलीले बिपी कोइरालाले अवलम्बन गरेको आर्थिक नीति र मूल्यमान्यतालाई स्थापित गर्न जरुरी रहेको भन्दै मुलुकबाट रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्न सबैले सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो ।

    प्रजातान्त्रिक महासङ्घका अध्यक्ष, महासमिति सदस्य एवं प्रतिष्ठानका संरक्षक गोविन्द शर्मा पौडेलले देशमा अप्ठ्यारो परिस्थिति आउँदा नेपाली कांग्रेसले अगाडि बढेर समस्या समाधान गरेको बताउँदै देशलाई समृद्धिको बाटोमा लैजान कांग्रेसले सफलतापूर्वक नेतृत्व गर्न सक्नुपर्नेमा जोड दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.