सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आमा बन्ने चाहना घटेपछि अहिलेसम्मकै न्यून स्तरमा झर्‍यो अमेरिकाको जन्मदर


  •    न्युजभित्तो/९ श्रावण २०८२, बिहीबार १२:३५ 
  • वासिङ्टन डीसी, ८ साउन । अमेरिकामा मानिसहरू बच्चा जन्माउन हिचकिचाइरहेका छन् । सन् २०२४ को तथ्याङ्कले यही कुरा बताउँछ ।

    गएको वर्ष अमेरिकामा प्रजनन दर अहिलेसम्मकै सबैभन्दा कम थियो । अमेरिकी सरकारको तथ्याङ्क अनुसार, अमेरिकामा प्रत्येक महिलाले १ दशमलव ६ भन्दा कम बच्चा जन्माइरहेका छन् ।

    कुनै समय अमेरिकामा औसत प्रजनन दर प्रति महिला २ दशमलव १ बच्चा थियो । तर पछिल्ला दुई दशकमा, अमेरिकामा प्रजनन दरमा भारी गिरावट आएको छ । अहिले त्यहाँका महिलाहरूले बच्चा जन्माउन कि त लामो समय लिइरहेका छन् कि भने बच्चा नै जन्माइरहेका छैनन् ।

    नयाँ तथ्यांक पश्चिमी यूरोपेली देशकै जन्मदरका हाराहारीमा भएको विश्व बैंकको डेटाले देखाएको छ । हालैका समयमा जन्मदरमा आएको कमीबाट चिन्तित ट्रम्प प्रशासनले घट्दो जन्मदरलाई उकास्न आईभीएफ गर्दा लाग्ने लागत घटाउन र बेबी बोनसको अवधारणालाई समर्थन गर्न कार्यकारी आदेश जारी गर्ने काम गरेको थियो ।

    तर एकाथरी विज्ञहरूले भने अहिले नै चिन्ता गर्नु पर्ने अवस्था भइनसकेको भनेका छन् । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.