सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस र कम्युुनिष्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री


  •    न्युजभित्तो/८ श्रावण २०८२, बुधबार १६:२९ 
  • काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुुलुकका प्रत्येक अप्ठ्यारो मोडमा नेपाली कांग्रेस र कम्युुनिष्ट पार्टीले नेतृत्व गरेको अलग अलग राजनीतिक धारको एकता र सहकार्यको प्रयोगबाट सफलता हासिल हुँदै आएको बताउनुुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो सहकार्यको प्रयोगबाट मुलुकमा राजनीतिक स्थायित्वसहित परिवर्तन सम्भव भई उपलब्धि संस्थागत हुने धारणा व्यक्त गर्नुभयो ।

    बिपी कोइराला र पुुष्पलाल श्रेष्ठको सोचअनुसार उहाँहरूले अँगाल्नुभएको बाटोमा अघि बढी विभिन्न कालखण्डमा देखिएका असहज राजनीतिक घटनाक्रमलाई सहज दिशामा अघि बढाउन कांग्रेस र कम्युनिष्ट धारबीचको सहकार्य सफल भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले मुलुकको राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका पक्षमा सरकारले सफलता हासिल गरेको बताउनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बुुधबार र पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको मङ्गलबारको स्मृति दिवसको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीतिलाई जहानियाँ राणाशासनको अन्त्य गरी प्रजातान्त्रिक आन्दोलनका पक्षमा नेतृत्व गर्नुभएका उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

    सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफ दिनेक्रममा उहँले बिपी र पुष्पलालालाई स्मरण गर्दै ‘मतभेद र मनभेदको होइन, एकता र मेलमिलाप’को कुरा गर्न अनुरोध गर्नुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले भन्नुुभयो, “मुलुकको समृद्धि र जनताको सुखका लागि जीवनपर्यन्त सङ्घर्ष गर्ने पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले आफ्नो प्रिय मुलुकमा प्राण त्याग्ने अवसर समेत दिएन । उहाँले देख्नुभएको तानशाही विरुद्धको संयुक्त जनआन्दोलनको व्यावहारिक प्रयोग नेपाली कांग्रेस र तत्कालीन संयुक्त वाममोर्चामार्फत २०४६ सालमा भयो । बहुदलीय व्यवस्थाको स्थापना भयो । २०१७ सालको ‘कू’ पछि पुष्पलालले माग गर्नुभए झैँ हाम्रो संयुक्त आन्दोलनले विघटित संसद्को पुनःस्थापना ०६३ सालमा भयो, जसले हाम्रो राजनीतिक प्रणालीमा गुणात्मक परिवर्तन गरिदियो । अढाई शताब्दी लामो शाहवंशीय राजतन्त्रलाई निलम्बन गरी जननिर्वाचित प्रधानमन्त्रीलाई राष्ट्रप्रमुख र सरकार प्रमुखको अधिकार प्रयोग गर्ने परिस्थिति निर्माण ग¥यो ।”

    उहाँले भन्नुुभयो, “हण्डर ठक्कर खाएपछि मात्र कार्यगत एकता गर्ने हाम्रो आनिबानीअनुरुप बिथोलिएको राजनीतिलाई २०७२ सालमा लयमा फर्काइयो । आज कांग्रेस–एमालेको योजनामा, अन्य दलहरुको समेत सहभागितामा निर्मित मेरो नेतृत्वको यो सरकार त्यही एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी
    भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
    भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
    • उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा
    • नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन: उम्मेदवारी मनोनयन दर्ता निःशुल्क
    • भूमिहीन नागरिकहरूको अवस्था पहिचान गरी दीगो समाधान गरिनेछ: प्रधानमन्त्री शाह
    • गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.