सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओली नेतृत्वको विकल्प छैनः नेता थपलिया


  •    न्युजभित्तो/८ श्रावण २०८२, बुधबार १४:२१ 
  • काठमाडौं, ७ साउन । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता तथा पार्टीका केन्द्रीय सदस्य जगन्नाथ थपलियाले राष्ट्रियताको रक्षार्थ केपी शर्मा ओलीको नेतृत्वको विकल्प नरहेको बताउनुभएको छ। काठमाडौंमा सम्पन्न एमालेको दुईदिने केन्द्रीय समिति बैठकमा नेता थपलियाले पार्टीभित्र ऐक्यबद्धता र अनुशासनको आवश्यकता भएको बताउनुभएको हो ।

    उहाँले भन्नुभयो “राष्ट्रियताको रक्षाका लागि केपी ओली एकमात्र नेता हुनुहुन्छ, विकल्प खोज्नु भनेको हामी कमजोर हुनु हो।” ओली पार्टी र सरकारको नेतृत्वमा आएपछि धेरै महत्त्वपूर्ण कामहरु भएको पनि उहाँले बताउनुभयो ।

    नेता थपलियाले पार्टीको जिल्लास्तरको संगठनलाई समन्वयमा ल्याएर पालिका र प्रदेश सरकारलाई प्रभावकारी कार्यान्वयन निकाय बनाउनु जरुरी रहेको बताउनुभयो। उहाँले पार्टीभित्रको एकता र नेतृत्वप्रति आस्था मजबुत बनाउने दिशामा सबै तहका नेताहरूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। नेता थपलियाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत पार्टी र नेताहरूमाथि भइरहेका अनावश्यक प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। “सामाजिक सञ्जाल अहिलेको आकर्षण हो, तर यसलाई सकारात्मक प्रभाव पार्नेगरी सदुपयोग गर्नुपर्छ” उहाँले भन्नुभयो ।

    पार्टीका जिम्मेवारीमा बसेर पनि पार्टीविरुद्ध क्रियाकलाप गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा नेता थपलियाले स्पष्ट अडान राख्नुभयो। “पार्टीले गरेका राम्रा कामहरूलाई छायाँमा पार्न कतिपय व्यक्तिहरू आफ्नै पार्टीभित्रबाट षड्यन्त्र गरिरहेका छन्” उहाँले भन्नुभयो “यस्तो कार्यलाई सहन सकिन्न, छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ।”

    थपलियाले पार्टीको सुदृढीकरण र अनुशासन कायम राख्न नेतृत्वले कडाइका साथ निर्णय लिनुपर्ने र पार्टीभित्रको विश्वसनीयता र सार्वजनिक छवि सुदृढ गर्न सबैले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताउनुभयो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
    तामुटारमा पक्की पुल निर्माण
    पूर्वाधारतर्फ सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म
    • दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    • इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    • बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.