सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अवैध आप्रवासीले भन्सार अधिकारीलाई गोली हानेपछि भड्किए ट्रम्प


  •    न्युजभित्तो/६ श्रावण २०८२, सोमबार १२:०३ 
  • वासिङ्टन डीसी, ५ साउन । अमेरिकाको न्यूयोर्कमा एक अवैध आप्रवासीले भन्सार अधिकारीलाई गोली हानेको घटना प्रकाशमा आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनाप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

    डेमोक्र्याट्सहरूले देशलाई अपराधीहरूले भरिदिएको ट्रम्पको प्रतिक्रिया थियो । अधिकारीलाई गोली हान्ने अपराधीलाई पहिला पनि कुनै अपराधको लागि पक्राउ गरिएको तर जो बाइडेन सरकारले उनलाई देश निकाला गर्नुको सट्टा रिहा गरेको ट्रम्पले भने ।

    गोली लागेका ४२ वर्षीय सङ्घीय एजेन्ट र उनकी महिला साथी म्यानहट्टनको फोर्ट वासिङ्टन पार्कमा हडसन नदीको किनारमा रहेको चट्टानमा बसिरहेका बेला राति ११ः५० बजेतिर मोपेडमा सवार दुई व्यक्तिले उनीहरूमाथि आक्रमण गरेको प्रहरीले बताएको छ । छोटो बहस र झगडापछि मोपेडमा सवार एक व्यक्तिले गोली चलाएको र गोलीले पीडितको अनुहार र देब्रे हातमा लागेको भनिएको छ ।

    ‘हिजो राति न्यूयोर्कमा एक भन्सार अधिकारीको अनुहारमा एक अवैध आप्रवासी राक्षसले गोली हानेको थियो, जसलाई जो बाइडेनको सरकारले रिहा गरेको थियो । उनलाई अप्रिल २०२३ मा सीमाबाट हिरासतमा लिइएको थियो, तर देश निकाला गर्नुको सट्टा रिहा गरियो । भन्सार अधिकारीले साहसपूर्वक आक्रमणकारीसँग लडे र आफूलाई चोट लागेको भए पनि अदम्य साहस देखाए ।

    डेमोक्र्याटस्हरूले हाम्रो देशलाई अपराधीहरूले भरिदिएका छन् र अब ती सबैलाई बाहिर निकालिनेछ र केही अवस्थामा तिनीहरू विरुद्ध तत्काल कानुनी कारबाही पनि हुनेछ । हामी तिनीहरूलाई फिर्ता आउन कुनै पनि अवसर छोड्ने छैनौँ । किनभने तिनीहरू खतरनाक र अत्यन्तै खराब छन् ।’

    सामाजिक सञ्जाल प्लेटफर्म टुथ सोसलमा सेयर गरिएको पोस्टमा ट्रम्पले लेखेका थिए । अभियुक्तलाई २१ वर्षीय डोमिनिकन नागरिक मिगुएल फ्रान्सिस्को मोरा नुनेजको रूपमा पहिचान गरिएको छ ।

    अभियुक्तको न्यूयोर्कमा आपराधिक रेकर्ड छ र निर्वासनको आदेश हुँदाहुँदै पनि उनलाई बारम्बार रिहा गरिएको पाइएको भन्दै समाचार आएका छन् । अभियुक्त जो बाइडेनको सरकारको कार्यकालमा दक्षिणी सिमानाबाट अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.