सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनआरएनए क्यानडाको महासचिवमा रमेश भट्टराई, युवामैत्री र पारदर्शी नेतृत्वको प्रतिबद्धता


  •    न्युजभित्तो/५ श्रावण २०८२, आईतवार ०९:०१ 
  • टोरन्टो, क्यानडा । गैरआवासीय नेपाली संघ (NRNA) क्यानडाको आगामी कार्यकाल २०२५–२०२७ का लागि टोरन्टो निवासी समाजसेवी तथा व्यवसायी रमेश भट्टराईले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि सामाजिक सेवा, व्यवसायिक नेतृत्व र संस्थागत विकासमा सक्रिय भट्टराईले ‘Connected & Modern NRNA’ अभियानमार्फत नयाँ पुस्ता, पारदर्शिता र डिजिटल युगसँग समन्वय गर्ने खालको एजेन्डा अघि सार्दै उम्मेदवारी दिनु भएको हो ।

    नेपालको लमजुङ जिल्ला स्थायी ठेगाना भएका भट्टराई हाल टोरन्टोमा बसोबास गर्दै आउनु भएको छ । उहाँ सन् २०२० देखि एनआरएनए क्यानडासँग आबद्ध हुनुहुन्छ । व्यवसायिक पृष्ठभूमिमा उहाँले एलआर इन्टरप्राइजेजका सञ्चालक, सन गोल्ड इनर्जी र तेज ट्रेड एन्ड सप्लायर्सका निर्देशकका रूपमा कार्य गरिरहनु भएको छ । सामाजिक क्षेत्रमा लायन ब्लड बैंकका संस्थापक सदस्य र नेपालिज ब्लड डोनर एसोसिएसन (NBDA) का बोर्ड सदस्यका रूपमा उहाँ परिचित हुनुहुन्छ । साथै, क्यानडामा Perfect Timing Restaurant पारिवारिक व्यवसायको रूपमा संचालन गरिरहनु भएको छ ।

    भट्टराईले ‘Connected & Modern NRNA’ भन्ने मूल नारासहित पाँच स्तम्भीय अभियान सार्वजनिक गर्दै एनआरएनए क्यानडालाई पारदर्शी, समावेशी र प्रविधिमैत्री संस्थामा रूपान्तरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

    उहाँले अघि सारेका प्राथमिकतामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्दै निर्णय प्रक्रिया, आर्थिक कारोबार तथा प्रगति प्रतिवेदनहरूलाई सार्वजनिक गर्ने उल्लेख छ। साथै, नेपाली भाषा र संस्कृति संरक्षणलाई डिजिटल माध्यमबाट विश्वभर प्रवर्धन गर्ने, क्यानाडामा रहेका नेपाली युवाहरुलाई नेतृत्व विकास, रोजगारी र स्टार्टअप लगानीमा समावेश गराउने उहाँको योजना छ।

    महिला सशक्तिकरणमा उहाँले नेतृत्व तालिम, रोजगार प्रवर्द्धन र नेटवर्क विस्तारको माध्यमबाट समावेशी भूमिका बनाउने बताउँदै आउनु भएको छ । साथै, आपतकालीन व्यवस्थापन, मानसिक स्वास्थ्य सेवा र जेष्ठ नागरिकका लागि विशेष कार्यक्रमहरू संचालन गर्ने उहाँका एजेण्डा रहेका छन् । 

    भट्टराईले सामाजिक सञ्जाल तथा विभिन्न समुदायस्तरका छलफलमा समेत सहभागिता जनाउँदै आफ्नो उम्मेदवारीप्रति जनसमर्थन जुटार्ईरहनु भएकाके छ । “एनआरएन क्यानडालाई पारदर्शी, युवामैत्री र समावेशी बनाउँदै विश्वभरका नेपालीहरूबीच सहकार्यको सेतु निर्माण गर्नु नै मेरो उद्देश्य हो,” भट्टराईले भन्नुभयो । क्यानडामा रहेका नेपालीबीच निकै लोकप्रिय भट्टराई आफ्नो जित सुनिश्चित भएको दावी गर्नुहुन्छ । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.