सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल र चीनबीचको सम्बन्धलाई पुस्तौँ पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री


  •    न्युजभित्तो/३ श्रावण २०८२, शुक्रबार १४:५५ 
  • काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई पुस्तौँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताउनुभएको छ । उहाँले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट गर्नुभयो ।

    नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा ‘फिनिक्स इन्स्पिरेसन’द्वारा आज आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीन अत्यन्तै पुराना र ऐतिहासिक देशहरु भएको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा यस्तो कार्यक्रम आयोजनाले आपसी सांस्कृतिक सम्बन्ध विस्तारका लागि असाधारण सन्देश दिएको बताउनुभयो ।

    “यसले पुस्तापुस्तासम्म आपसी मित्रता बढ्दै जान सघाउनेछ । बहुआयामिक सम्बन्धलाई बढाउँछ । सम्बन्धहरु लेनदेनको मात्रै हुँदैनन्, पारस्परिक भावना र सांस्कृतिक विविध पक्षहरु हुन्छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सवालमा सरकारका तर्फबाट कुनै पनि कसर बाँकी राखिनेछैन । मित्रताका लागि गच्छे चाहिँदैन । गच्छेअनुसार पारस्परिक सम्बन्ध बढाइनेछ । अझ व्यापक बनाइनेछ ।”

    कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा सशक्तिकरण पुरस्कारबाट काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, व्यवसाय नेतृत्व पुरस्कारबाट राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डे तथा शिक्षा उत्कृष्ट पुरस्कारबाट अनुराधा शर्मालाई सम्मान प्रदान गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
    पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
    सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी
    • भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
    • भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
    • उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा
    • नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन: उम्मेदवारी मनोनयन दर्ता निःशुल्क

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.