सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षामन्त्री र इजरायली राजदूतबीच ‘इजरायल इन्टर्नसीप कार्यक्रम’ पुनःसञ्चालनबारे छलफल


  •    न्युजभित्तो/३ श्रावण २०८२, शुक्रबार १३:३६ 
  • काठमाडौँ, २ साउन । नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरि बासले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग भेट गर्नुभएको छ । भेटमा इजरायलमा नेपाली कृषि विद्यार्थीको ‘इन्टर्नसीप’ कार्यक्रम पुनःसञ्चालन गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

    त्यस अवसरमा मन्त्री पन्तले इजरायलले विगतदेखि वर्तमानसम्म नेपालप्रति विभिन्न चरणमा गरेको सहयोगको प्रशंसा गर्नुभयो । राजदूत बासले सन् २००१ देखि सञ्चालनमा रहेको परियोजनाबारे जानकारी गराउनुभएको थियो ।

    उक्त कार्यक्रममार्फत हालसम्म चार हजारभन्दाबढी नेपाली कृषि विद्यार्थी इजरायलमा गई कृषिसम्बन्धी अनुभव हासिल गर्न सफल छन् भने केहीले इजरायलबाट फर्केपछि नेपालको कृषि क्षेत्रमा उल्लेखनीय योगदानसमेत पु¥याएका छन् ।

    सन् २०२३ अक्टोबर ७ मा भएको हमासको आक्रमणपछि नेपाली विद्यार्थीलाई इजरायल जान रोक लगाइएको छ । यदि यो प्रक्रियागत ढिलाइ यथावत् रह्यो भने नेपालको कृषिलाई अगाडि बढाउनसक्ने लगभग एक हजार कृषि इन्टर्नहरुले अवसर गुमाउने राजदूत बासको भनाइ थियो ।

    उहाँले शिक्षा मन्त्रालयसँग विश्वविद्यालयमा विद्यार्थीलाई समयमै दर्ता गर्ने र इजरायल जान दिनका लागि निदेशन गरी सहयोग गरिदिन हुन आग्रह गर्नुभयो ।

    यस सन्दर्भमा शिक्षा मन्त्रालयले इन्टर्नसीपमा जाने विद्यार्थीको इजरायल फिर्तीमा कुनै अवरोध नरहेको स्पष्ट गरेको छ । शिक्षा मन्त्रालयले अभाव पूर्ति गर्न आगामी वर्षमा कोटा बढाउने प्रस्ताव पनि गरेको छ । इजरायली परराष्ट्र मन्त्रालयबाट प्राप्त जवाफ र इजरायलका लागि नेपाली राजदूतबाट सुरक्षा अवस्थाका बारेमा दुई सकारात्मक प्रतिवेदनअनुसार परराष्ट्र मन्त्रालयले इजरायलको सुरक्षा अवस्था सामान्य भइसकेकाले इजरायल जाने प्रक्रिया पूर्ववत् प्रक्रियाअनुसार निरन्तरता दिन पनि एक सूचना जारी गरिसकेको छ ।

    विद्यार्थी दर्ता प्रक्रिया द्रुत रूपमा अघि बढाउन, यसबारे विद्यार्थीलाई जानकारी दिन र विश्वविद्यालयसँग समन्वय गर्न सबै सम्बन्धित निकायलाई आग्रह पनि गरिएको छ । त्यसअवसरमा शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटा तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू पनि सहभागी हुनुहुन्थ्यो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
    पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
    सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी
    • भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
    • भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
    • उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा
    • नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन: उम्मेदवारी मनोनयन दर्ता निःशुल्क

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.